काठमाण्डौं । तत्कालिन गोर्खा डेभलपमेन्ट बैंक नेपालको पुरानो सेयर प्रमाणपत्र रद्ध भएको छ । गोर्खा डेभलपमेन्ट बैंक लिमिटेड संकटग्रस्त अवस्थामा पुगेपछि गोर्खाज फाईनाइन्ससँग मर्ज भएसँगै बैंकको सेयर प्रमाणपत्र रद्ध भएको हो । अब फाइनान्सको नामबाट नयाँ सेयर प्रमाणपत्र बितरण हुने भएको छ ।
साबिकको गोर्खा बैंकको पुरानो सेयर प्रमाणपत्र रद्ध गरि गोर्खाज फाईनाइन्सको नयाँ सेयर जारी गर्न लागेको हो । फाइनान्सले सेयर बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलमार्फत सेयर प्रमाणपत्र परिवर्तन गर्न लगानीकर्तालाई आग्रह गरेको छ । क्यापिटलले लाजिम्पाटबाट सेयर प्रमाणपत्र साट्ने कार्य चैत ४ गतेसम्म गर्नेछ ।
१९ फागुन २०७३, ११।००
वि.सं.२०७३ फागुन १९ बिहीवार ११:१४ मा प्रकाशित