back
NMB ad

गुरु न्यौपाने आवद्ध कम्पनीहरुमा अर्वौंको नक्कली भ्याटविल प्रकरणमा राजस्वको छापा

Kumari bank ad

फाइल तस्विर :  गुगल

काठमाडौं । गुरुप्रसाद न्यौपान्य आवद्ध कम्पनीहरुले अर्वौको राजस्व छलिगरेको अभियोगमा राजस्व अनुसन्धानले छापा मारी अनुसन्धान थालेको छ । ट्रेड टावरमा कार्यालय रहेका मकालु कन्स्ट्रक्सन, अपी हाइड्रो मेकानिकल, पलाञ्चोक भगवती कन्स्ट्रक्सन कम्पनी लगायतका कम्पनीहरुमा राजस्व अनुसन्धान कार्यालय पुलचोकले छापा मारी अनुसन्धान थालेको जानकारी प्राप्त भएको छ ।

आधा दर्जन स्थानमा हाइड्रो पावर निर्माण गरिसकेका गुरु न्यौपाने र परिवारको स्वामित्वमा रहेका कम्पनीहरुको कागजात अनुसन्धानका लागि राजस्वले लगेको स्रोतले जानकारी दियो । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार सात वटा शाखाले एकैसाथ अुसन्धान गरिरहेको छ । केहीको टुंगिएको र केही बाँकी रहेकाले रिपोर्ट सार्वजनिक गर्न नमिल्ने बताए । एक अर्व बन्दा बढी राजस्व छली गरेको अभियोगमा कार्वाही हुने राजस्व अनुसन्धान सम्बद्ध स्रोतले बतायो ।

यस विषयमा थप बुझ्न खोज्दा सम्बद्ध कम्पनीका सञ्चालक महेन्द्र न्यौपानेले आफ्नो कम्पनीको कुनै कमिकमजोरी नभएको बताए । उनले यस विषयमा आफुलाई जानकारी नभएको भन्दै कम्पनी सचिवसंग कुरा गर्न अनुरोध गरे ।

छापा मारिएका कम्पनीहरुको सञ्चालक समेत रहेका गुरु न्यौपानेका छोरा सञ्जिव न्यौपाने आफु नियमित अपडेट नभएको बताउँछन् । अपी अन्तर्गतका सिस्टर अर्गनाइजेशन भएर नाम जोडिन गए पनि अपीको कुनै कमीकमजोरी नभएको बताउँछन् ।

दर्जनौं लिमिटेड कम्पनीका अध्यक्ष रहेका गुरु न्यौपाने अर्थबजारका एक हस्तीमा गनिन्छन् । र समय समयमा विभिन्न नियम काननूनहरुको बावजुद आफ्नो र आफ्नो परिवारको फाईदाका लागि विवादित बन्दै आएका छन् । केही समय अघि मात्र जनता बैंक लि.को शेयर प्रकरणमा विवादित न्यौपाने आवद्ध कम्पनीहरुमा प्रचलित नियम कानून बमोजिम काम नगर्ने, पारिवारिक पृष्ठभूमीबाट एकलौटी तवरले कम्पनीहरु सञ्चालन गर्ने र लाखौं नेपाली जनताको लगानीमा बनेका कम्पनीहरुमा विवाद सिर्जना गर्दै आएका छन् । हालै भ्याटवील काण्ड र कम्पनीको डाइरेक्टरहरुको बैधानिकतको विषयमा विवाद भई अपी पावर सम्बद्ध डाइरेक्टरहरुबीच कम्पनी रजिष्टार कार्यालयसम्म कम्पनी ऐन र धितो पत्र ऐन अनुसार पदमुक्त हुनु पर्ने भन्दै एक अर्कामा मुद्दा हालाहालको स्थिति सिर्जना भएको कम्पनी रजिष्टार कार्यालयमा रहेको अपी पावर लिमिटेडको फाइलले पुष्टि गर्छ ।

डाइरेक्टरहरुको बिवादका बारेमा अपीमा प्रबन्ध निर्देशक सञ्जिव न्यौपाने आधिकारिक रुपमा कम्पनीमा केही जानकारी नआएको बताउँछन् । उनी भन्छन् ‘नियमित रुपमा बोर्ड बैठक चलिरहेको छ । यस विषयमा कम्पनी र बोर्ड बैठकमा केही कुरा आएको छैन ।’ उनी थप्छन् ‘मुद्दा हाल्ने कुरा उहाँहरुको व्यक्तिगत कुरा हो । आधिकारिक कुरा भए बोर्ड बैठकमा राख्नुपर्यो । समाधान यहिँबाट हुने हो ।’

विवाद चुलिँदै जाँदा अपीको आन्तरिक कुराहरु एक आपसमा खुल्न थालेपछि कतै अपी पावर पनि नेशनल हाइड्रो पावर कम्पनीको हालतमा पुग्ने पो हो की भन्नेमा शेयरहोल्डरहरु सशंकित बनेका छन् ।

प्रकाशित मिति २८ असोज २०७४

वि.सं.२०७४ असोज २८ शनिवार ०९:५७ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...