back
NMB ad

मंसिर १ देखि काठमाडौको भृकुटीमण्डपमा हस्तकला व्यापार मेला हुने

Kumari bank ad

काठमाडौ । नेपाल हस्तकला महासंघको आयोजनामा आगामी मंसिर १ गतेदेखि ५ गतेसम्म १५औँ हस्तकला व्यापार मेला हुने भएको छ । महासंघले पत्रकार सम्मेलन गरी नेपालमा उत्पादित हस्तकलाका सामग्रीलाई स्वदेश तथा विदेशमा प्रचारप्रसार गर्नका लागि १५औँ हस्तकला मेला तथा १३औँ प्रतियोगितात्मक हस्तकला प्रदर्शनी गर्न लागेको जानकारी दिएको हो ।

सम्मेलनमा महासंघका अध्यक्ष धर्मराज शाक्यले वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा हरेक वर्ष झैँ यस वर्ष पनि हस्तकला मेला आयोजना गर्न लागेको जानकारी दिए । “नेपालमा उत्पादित हस्तकलाका सामग्रीलाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउनु नै मेलाको प्रमुख उदेश्य हो,” उनले भने ।

हाल नेपाली हस्तकलाको निर्यात संयुक्त राज्य अमेरिका, युरोपियन मुलुक, फ्रान्स, बेलायत, नेदरल्याण्ड, जापान, चीन, भारतलगायत ८० वटा मुलुकमा ५० भन्दा बढी थरीका हस्तकलाका सामग्री निर्यात हुँदै आएको छ । स्वदेश तथा विदेशमा नेपाली हस्तकलाका सामग्री झण्डै रु १० अर्ब बराबरको कारोबार हुने र प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ११ लाख व्यक्तिले रोजगारी पाएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । मेलामा काष्ठकला, धातुकला, सुनचाँदी, फेल्ट, सुती, ढाका, जडीबुटी, अर्थोडक्स, चिया, पश्मिना, हाते कागज, प्राकृतिक रेशा, बाँसजन्य सामानका नौवटा प्याभिलियनसहित २०० कक्ष रहनेछन् । मेलामा १३औँ हस्तकला प्रतियोगितासमेत सञ्चालन गरिने भएको छ । हस्तकला प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार, दोस्रोलाई रु ३० हजार र तेस्रोलाई रु २० हजार पुरस्कार दिने आयोजकले जनाएको छ ।

मेलामा उत्कृष्ट स्टल तथा प्याभिलियन प्रतियोगिता, परम्परागत तथा नवोदित हस्तकलाको जीवन्त सीप प्रदर्शन, मेलामा प्रदर्शन गरिने हस्तकला वस्तुमध्येबाट उत्कृष्ट वस्तु प्रतियोगिता, अमूर्त संस्कृति प्रदर्शन र ‘बी टू बी’ बैठक हुने अध्यक्ष शाक्यले बताए ।

प्रकाशित मितिः २०७४ कार्तिक १६

वि.सं.२०७४ कात्तिक १६ बिहीवार १५:०१ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...