back
NMB ad

बन्यो पानी जहाज: एक साता बिताउन साढे ११ लाख

Kumari bank ad

फ्रान्स । १२४ फिट लामो, आइफेल टावर जत्रै अग्लो, समुद्रमा चल्ने विश्वकै सबैभन्दा ठूलो पानीजहाज हार्मोनी अफ द सी तयार भएको छ। दुई लाख २७ हजार टन गह्रौं यो पानी जहाजको गत साता सेन्ट नजाइरेमा उद्घाटन गरियो।

न्युयोर्क सेन्ट्रल पार्कको सानो रुपमा तयार गरिएको यो जहाजमा १८ वटा डेक छन् भने यहाँ १० हजार ५८७ वटा प्लान्ट तथा २० फिटसम्म अग्ला ५२ वटा रुख रोपिएका छन्। इन्जिनियरिङको अद्भुत कलाका रुपमा व्याख्या गरिएको यो जहाज तयार गर्न ८० करोड पाउण्ड (एक खर्व २३ अर्व रुपैयाँ) खर्च गरिएको छ।

मे महिनामा साउथह्याम्टनबाट यसले यात्रुहरुलाई सेवा दिन थाल्नेछ । यसका छ हजार यात्रीलाई जिपिएस ट्रयाकर दिइनेछ जसले उनीहरुलाई जहाजभित्र हराउनबाट जोगाउँदै आफ्नो कोठा कुन हो पत्ता लगाउन मद्दत गर्नेछ ।

यो पानी जहाजमा १६ वटा रेष्टुरेण्ट एवं क्याफे छ । त्यसैगरी जहाजमा उच्च गतिको इन्टरनेट सुविधा समेत राखिएकोछ। जहाजमा बायोनिक बार समेत छ। जहाँ यात्रीलाई रोबोटले ककटेल सर्भ गर्ने व्यवस्था मिलाइएको छ। जहाजमा १३८० सिट क्षमताको थिएटर समेत छ। यो सुविधा उपयोग गर्नका लागि एक यात्रीले एक साताका लागि सात हजार ५२५ पाउण्ड अर्थात् ११ लाख ५० हजार रुपैयाँ तिर्नु पर्नेछ।

१ चैत २०७२, ७.००

वि.सं.२०७२ चैत १ सोमवार ११:२५ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...