back
NMB ad

भाउजुको हत्या गरी देवरले विष पिए, मृतकका श्रीमान सहितसहित घरपरिवारका अन्य सदस्य पक्राउ

Kumari bank ad

गाईघाट, २६ असोज । उदयपुरको बेल्टार बसाहा नगरपालिका–२ श्रीवानी बस्ने राजेन्द्र कटुवालको श्रीमती ३४ वर्षीया भीमकुमारी कटुवालको चार दिन अघि मोरङस्थित सिजुवाको बेतौना जङ्गलमा हत्या भएपछि इलाका प्रहरी कार्यालय बेल्टारले श्रीमान् राजेन्द्रसहित छ जना घरपरिवारलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।

इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार तीन वर्षदेखि मोरङको सिजुवामा बसोबास गर्दै आएका राजेन्द्रका भाइ सुवास कटुवालले चार दिन अघि भाउजु भीम कुमारीलाई फोनबाट सिजुवामा बोलाएर जङ्गलमा लगेर भाउजुको हत्या गरेको परिवारको दाबी छ ।

भाउजुको हत्या गरेर बिष सेवनबाट बेहोस भएका सुवासको अस्पतालमा उपचार भइरहेको भए तापनि भीमकुमारीको हत्यामा घरपरिवारको समेत संलग्न रहेको आरोप भीम कुमारीका माइती पक्षले लगाएपछि राजेन्द्रसहित सबै घरपरिवारलाई मङ्गलबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेल्टारले बताएको छ ।

राजेन्द्रका घरपरिवारको सुरक्षाको लागि र अनुसन्धानको लागि पनि आफूहरुले पक्राउ गरेर अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक भीमप्रसाद सिलवालले बताप् ।

यता बिष सेवन गरेर बेहोस भई अहिले अस्पतालमा होस खुलेका सुवासले भने भाउजुको हत्या आफू एक्लैले गरेको बताउन थालेको पनि प्रहरीले बताएको छ ।

भीमकुमारीको हत्यामा को को संलग्न हुन् भन्ने कुरा मोरङ प्रहरीले पनि अनुसन्धान थालेको र यता आफूहरुले पनि थालेको कारण चाँडै यसको वास्तविकतामा पुगिने कुरा इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।
हत्या गर्नुको कारण बारे प्रहरी अनुसन्धानकै चरणमा रहेकाले प्रहरी मौन छ ।

वि.सं.२०७३ असोज २६ बुधवार १६:३४ मा प्रकाशित

You can share this post!

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...