back
NMB ad

झापामा नेपालमै पहिलोपटक स्वास्थ्य महोत्सव सुरु

Kumari bank ad

झापा। प्रथम स्वास्थ्य महोत्सव आजबाट झापाको मेचीनगरमा सुरु भएको छ । नेपाली काँग्रेसको आयोजनामा सुरु भएको महोत्सव माघ १४ गतेसम्म सञ्चालन हुने छन् । महोत्सवमा २५ हजारलाई निःशुल्क उपचार सेवा पु¥याउने लक्ष्य आयोजकले लिएको छ ।

राष्ट्रिय धुन बजाएर उद्घाटन गरिएको सो महोत्सवको पहिलो दिन आज ज्येष्ठ नागरिकका लागि विशेष उपचार सेवा प्रदान गरिने भएकाले स्वास्थ्योपचारका लागि सयौँको सङ्ख्यामा ज्येष्ठ नागरिक बिहानैदेखि लामवद्ध भएर उभिएका छन् । काठमाडौँ, पोखरा, विराटनगर, धरान, भद्रपुर, विर्तामोड र मेचीनगरका २५ वटा अस्पतालबाट आएका विशेषज्ञ चिकित्सकसहितको टोलीले महोत्सवमा निःशुल्क उपचार सेवा प्रदान गर्ने नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले जानकारी दिए ।

महोत्सवमा ‘रोग अनुभव र अनुभूति’ विषयक छलफल कार्यक्रम समेत आयोजना गर्ने भएको छ । महोत्सवस्थलमा सेवाग्राहीको बढेको भीडलाई व्यवस्थापन गर्न स्वयम्सेवकको रुपमा तरुण दलका कार्यकर्तालाई परिचालन गरेका छन् भने त्यसमा नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि सघाएका छन् ।

प्रकाशित मितिः २०७३ माघ ८

वि.सं.२०७३ माघ ८ शनिवार १६:०५ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...