back
NMB ad

स्वस्थ पर्यटन आजको आवश्यकता

Kumari bank ad

घनेन्द्रबहादुर श्रेष्ठ

बोर्ड सदस्य – नेपाल पर्यटन बोर्ड

विगत केहि समय देखि नेपालको पर्यटनमा गुणात्मतामा कमी आएको भन्ने बुझिन आएको छ । नेपालको पर्यटन ब्यवसायलाई अँगाल्ने ब्यवशायीहरु अधिकांश अनुभव र मेहनतबाट ब्यवसायी बन्न सफल भएका छन । तर हिजोआज मानिसहरुमा अत्यन्तै द्रुतगतिमा धनोपार्जन गर्ने र भौतिक विलासका साथ जीवन विताउन चाहने महत्वकांक्षा बृद्धि भएका कारण अनुभव र गुणात्मकता भन्दा पनि ब्यवसायी बन्ने सोचकै कारण पर्यटन क्षेत्रमा अस्वस्थता छाएको हो ।

प्राकृतिक श्रोत र साधनले भरिभराउ भएको हाम्रो देशमा पर्यटन ब्यवसायलाई अगाडी बढाउनलाई कठिन परिश्रमको आवश्यकता पर्दैन तथापी हामीले हाम्रा उपलब्ध श्रोत र साधनलाई सहि ढंगले उपभोग गर्न नजान्दा हामीहरु अन्य पर्यटकिय बजारमा पछि परेको छौं ।

नेपालको पर्यटन ब्यवसाय नेपालीहरुको अपार आतिथ्यताको कारणले मात्र फष्टाउन सकेको हो । नेपालीहरुले प्रदान गर्ने परम्परागत आतिथ्यताको प्रभाव संसारबाट नेपालमा भ्रमण गर्न आउने पर्यटकहरुलाई परेको कारणले पर्यटन ब्यवसायमा उर्जा थपिएको हो । नेपालमा रहेको अतुलनिय प्राकृतिक श्रोत र साधनमात्र नभएर यहाँको विविध जात जाति, भाषा भाषी तथा संस्कृतिले पर्यटकहरुलाई आकर्षण गरेकोमा दुईमत छैन । नेपालीहरुमा पाईने सदभाव् तथा सत्कारको सागर नै नेपाली पर्यटनको विशेषता हो । नेपाल जस्तो अति अविकसित मुलुकमा रहेका विविध कठिनाईहरुको बावजुद विदेशी पर्यटकहरुले हजारौं डलर खर्चेर नेपालको भ्रमणमा आएका हुन्छन् यो अत्यन्तै सकारात्मक विषय हो ।

Ghanendra shresth tourism board

पर्यटन ब्यवसायलाई मर्यादित, ब्यवस्थित र वैज्ञानिक बनाउन आवश्यक छ । नेपालको परिवेश, नेपाली लगानीकर्ताहरुको क्षमता तथा चाहना बमोजिमका नीति निर्माण तथा नियम कानुनहरुको विकास गर्न सक्नु पर्दछ । हामीहरु बेरोजगार समस्याका कुराकानी गर्दछौं, चिन्तन गर्दछौ साथै ठुला गोष्ठीको आयोजना गर्दछौं तर थोरै लगानिमा धेरैलाई रोजगार दिने पर्यटनलाई खासै ध्यानमा दिन सकेका छैनौं । करडौंका लगानी भएका उद्योगमा भन्दा केहिलाख लगानी भएका पर्यटन ब्यसायले रोजगारको अवसरलाई ब्यवस्थित गर्न सक्ने स्पस्ट देखिन्छ तर त्यसको लागि हामीहरुमा सकारात्मक सोच र लगनशिलताको आवश्यकता पर्दछ ।

यथार्तमा भन्ने हो भने नेपाल आज विश्वमा अनेक ढंगले चीरपरिचत भएको अवस्था छ । चाहे त्यो हवाईजहाजको अपहरणको काण्डले होस वा राजतन्त्रको हत्या प्रकरणले होस् वा नेपालमा भएको जनआन्दोलनले होस वा विनाशकारी महाभूकम्प र संविधान जारी भए पछिको भारतीय नाकाबन्दी र कान्छो गणतन्त्रको कारणले होस । अव हामीले नेपाललाई एउटा शान्त पर्यटकीय गन्तब्यको अपार संभावनको मुलुक जसले पर्यटनको माध्याम द्वारा नेपाली जनताको समृद्धि खोजेको छ भन्ने सन्देश विश्व सामु पु¥याउन आवश्यक छ ।

यत्रा अतुलनिय र अपार श्रोत र साधनको भण्डारको मुलुक भएतापनि हामी पर्यटनको विकास किन गर्न सकि राखेका छैनौ ? किनभने हाम्रो सोच र ब्यवहारमा आमुल परिवर्तन आउन सकिराखेको छैन । ब्यवसायीहरुमा स्वस्थ प्रतिस्पर्धाको विकास हुन सकेको छैन साथै ब्यक्तिहरुमा सामुहिक हितको भावना पैदाहुन सकेको छैन । कसरी आफ्नोमात्र फाईदा बढाउन सकिन्छ भन्ने सोचाई मात्र विद्यमान छ भने सरकारी तहबाटसमेत पर्यटन पुर्वाधारको ठोस कार्यक्रमहरुको सोचलाई अगाडी बढान सकेको पाईदैन । नेपालमा सहकारी माध्यामबाट कृषि क्षेत्र तथा स्वास्थ्य क्षेत्रमा केहि कामहरुको थालनी भएतापनि पर्यटन क्षेत्रमा यस्तो अवधारणाको विकास भएको पाईदैन ।

अस्वस्थताको शुरुवता नेपालको एकमात्र पर्यटकीय द्वार अन्तर्राष्ट्रिय विमानस्थलको आगमनबाट शुरु हुन्छ । विदेशीहरु नेपालमा प्रवेश संगसंगै अनेकौं जालझेलमा परेको महसुस गर्न थाल्दछन । अन्तराष्ट्रिय विमास्थलमा उचित मापदण्डको अभावको कारणले स्वस्थ र स्वच्छ पिउने पानीको समेत अभाव भएको पाईन्छ । त्यसैगरी जव पर्यटकहरुको आगमन नेपालको होटलहरुमा हुन्छ, होटलहरुले पर्यटकहरुलाई स्तरीय सेवा उपलब्ध गराउन सक्दैन । किनभने नेपालमा उर्जाको संकटको कारणले समयमा सेवा उपलब्ध गराउन कठिनाईरहेको हुन्छ । नेपालको वल्र्ड हेरिटेज क्षेत्रहरुमा उठाईने चर्को प्रवेश शुल्क तर भित्र गएपछि शौचालय समेतको ब्यवस्था नभएपछि पर्यटकहरुले पाएको हैरानीलाई कसले जिम्वेवारी लिने ? ब्यवसायीले वा सम्वन्धित निकायले ?

नेपालमा पर्यटकहरुलाई उपलब्ध गराईएका सवारी साधनहरुको महंगी अत्याधिक रहेको छ जसले गर्दा पर्यटकहरुलाई थोत्रा सवारी साधन द्वारा उपलब्ध गराईने सेवाले पर्यटकहरुकले नेपाल र नेपाली प्रतिको संदेश कस्तो लिएर जान्छन् ? यस्ता विषयहरुको अध्ययन हुन आवश्यक छ । नेपाली बजारमा पर्यटकहरुलाई गुणस्तरीय सेवाको ब्यवस्थापन गरेर आयआर्जन गर्ने भन्दा पनि एक अर्कामा भाउ घटाएर सस्तो गर्ने परिपाटीले एकातिर सेवामा स्तर गिर्दो रहेको छ भने ब्यावसायिक निरन्तरताको अभाव भएको महसुस हुन्छ ।

घनेन्द्रबहादुर श्रेष्ठ सदस्य – नेपाल पर्यटन बोर्ड

 

पर्यटन कानुनले पर्यटकीय स्तरको सेवा उपलब्ध नभईकन होटल, रेष्टुरेण्ट, ट्राभल्स र ट्रेकिङ्ग जस्ता कम्पनीहरुको स्थापनालाई र कारोवारलाई कारवाहीको घेरामा राखेको छ तर मोफसलमा खुलेका विविध सेवाहरुले पर्यटकहरुलाई सेवा उपलब्ध गराईरहेका छन

त्यसैगरी हाम्रो देशमा पर्यटकहरुको लागि वनाईएको कानुनमा केहिगरी पर्यटकहरुलाई कुनै एजेन्सीले गर्ने ब्यवहारबाट उत्पन्नहुने विवादहरुको सन्र्दभमा छिटो छरितो तरिकाले विवादको निरुपण गर्ने ब्यवस्था गरिएको छैन । विद्यमान रहेको करार कानुन तथा उपभोक्ता सम्वन्धि कानुनले कारवाही गर्ने हो भने पर्यटकहरुले विवादको टुङगो नलागुन्जेल बस्न सक्ने समय हुँदैन । त्यसकारण यस्ता खालका विवादको आवश्यक अनुसंधान गरी यथासिघ्र न्याय दिलाउनलाई पर्यटन अदालतको ब्यवस्था हुन आवश्यक छ । जसले गर्दा पर्यटकहरुलाई आफु नेपालमा रहदा बस्दा वा घुम्दा सुरक्षित रहेको महसुस हुन सक्दछ । पर्यटन कानुनले पर्यटकीय स्तरको सेवा उपलब्ध नभईकन होटल, रेष्टुरेण्ट, ट्राभल्स र ट्रेकिङ्ग जस्ता कम्पनीहरुको स्थापनालाई र कारोवारलाई कारवाहीको घेरामा राखेको छ तर मोफसलमा खुलेका विविध सेवाहरुले पर्यटकहरुलाई सेवा उपलब्ध गराईरहेका छन । तिनीहरुको अनुगमन भएका छैनन् । साथै कुन निकाएले कुन कार्य गर्ने भन्ने स्पस्टता नभएकाले आज नगरपालिका र गा.वि.स.मा दर्ता भएका निकायले पर्यटन उद्योगमहाशाखामा दर्ता भएका निकायले उपलब्ध गराउने सेवा सुविधामा खासै भिन्नता पाउन सकेको छैन ।

आधुनिक ब्यवसायमा ब्यक्तिका बौद्धिक सम्पतिको ठुलो महत्व हुन्छ तर यहाँ एउटाले प्राप्त गरिसकेको ख्याति युक्त नाउँलाई पुच्छर र फुर्का र प्रत्यय जोडेर कम्पनी संस्थापन गर्न पाउने ब्यवस्थाले पर्यटकहरुलाई भ्रम श्रृजना गर्ने कार्यभईरहेको छ । पर्यटकिय उद्योगको अनुमति दिने निकाय भनेको पर्यटन उद्योग महाशाखा हो जसले कुनैपनि कम्पनी फर्मले पर्यटकहरुलाई हानी नोक्सानी पु¥याएमा जिम्वेवारी बहन गर्नु पर्दछ । हाल कायम भएको एजेन्सीहरुको धरौटी प्रणालीलाई आधार मान्ने हो भने केहि गरी ब्यवसायीहरुले पर्यटकहरुलाई ठुलोमात्रामा हानी नोक्सानी पु¥याउने कार्य गरी फरार भएमा मन्त्रालयले जिम्वेवारी लिनु पर्दछ कि पर्दैन ? कानुनको दृष्टिले हेर्नेहो भने अनुमति दिने निकाएकाले त्यसको सम्पुर्ण जिम्वेवारी लिन आवश्यक छ ।

यसकारण नेपानलको पर्यटन ब्यवसायको जुनसुकै तहलाई स्तर निर्धारण गरी अनुमति दिन आवश्यक छ र धरौटी प्रणालीलाई खारेज गरिनु पर्दछ । तर, विशेष प्रकृतिको ब्यवसाय गर्नको लागि आवश्यक धरौटीको ब्यवस्थाा गरिन आवश्यक छ, अनिमात्र पर्यटकहरुले सुरक्षित हुन पाउँदछन् । उदाहरणको लागि कैलाश दर्शन प्याकेजमा जाने वा ठूला एक्सपीडिसनमा जाने पर्यटकहरुले एक जना बराबर लाखौं रुपैयाँ खर्चेर नेपाली एजेन्टलाई बुकिङ्ग गरेको हुन्छ । त्यो एजेन्टले सम्पुर्ण रकम लिएर फरार भयो भने तीनलाख धरौटीले राज्यले कसरी असुल गर्दछ साथै त्यो पिडित पर्यटकलाई कसले उद्धार गर्दछ ? यस्ता गम्भिर समस्याहरु हाल त आएको छैन तर भविश्यमा आउने टड्कारो देखिन्छ ।

राज्यले समयमा नै सचेतता अपनाएन भने हाम्रोपर्यटनमा अविश्वास पैदा हुन सक्ने स्थिति देखिन्छ । अर्को तर्फ नेपाली युवाहरुलाई स्वरोजगार दिलाउने नाममा राज्यले अर्वौं लगानी गरिरहेको छ तर एउटा युवाले नेपालमा पर्यटनसँग सम्वन्धित एजेन्सी स्स्थापना गर्नलाई अनावश्यक रुपमा लिईने धरौटीले ब्यवसाय सञ्चालन बाट ऊ बञ्चित रहने गर्दछ । यहाँनेर भन्न खोजिएको कुरो के हो भने ब्यवसाय स्थापनाकोलागि खुल्ला गर्न आवश्यक छ तर स्तर निर्धारण गरी सोहि अनुसारको कार्यगर्नेगरी अनुमति दिएमा एकातिर गुणात्मकतााको विकास हुने र अर्का तिर जिम्वेवारीवोध र जवाफदेहिताको परिपाटी बढ्ने स्पस्ट छ । यसो गर्न सकिएमा निश्चितरुपले नेपालको राजश्वमा बृद्धि हुनेछ र देशमा स्वस्थ पर्यटनको विकास हुने संभावानहरु देखिन्छ । साथै नेपालको पर्यटन ब्यवसाय भविश्यमा अझ उज्वल र प्रभावकारी हुने कुरामा दुईमत छैन ।  सनराइज

३ फागुन २०७२ / १२:५९:४९

वि.सं.२०७२ फागुन ३ सोमवार १३:१६ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...