back
NMB ad

पशुपालनमार्फत नेपालको जिडिपीमा देखिने काम गर्छाैंः पाइरे फरारी,सिईओ हेफर इन्टरनेशनल

Kumari bank ad

काठमाडौं । पशुपालनको क्षेत्रमा काम गर्दै गरेको अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हेफर इन्टरनेशनलले नेपालमा काम गरेको २० वर्ष पूरा भएको छ । २० औं बार्षिकोत्सवको अवसरमा आयोजित पत्रकार सम्मेलनमा हेफर इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत पाईरे फरारीले नेपालमा संस्थाले हासिल गरेको उपलब्धी विश्वभरका लागि प्रशिक्षण केन्द्रको रुपमा विकास भएको बताए । सिईओ फरारीले नेपालबाट विश्वका धेरै देशले सिक्न सक्ने बताए ।

‘पशु पंक्षीहरुलाई सन्तुलित आहार व्यवस्थापन हुन नसक्दा किसानहरुले अपेक्षित फाइदा लिन नसकिरहेको सन्दर्भमा हेफरले किसानलाई प्रविधि विकास गरेर हस्तान्तरण गर्न सफल भएका छौं ।’ हेफरका प्रमुख कार्यकारी अधिृकत फरारीले भने, ‘नेपालका ११ हजार परिवार गरिब किसानले यसबाट लाभ लिन सफल भएका छन् ।’ आगामी केही वर्षमा नेपालको कूल ग्राहस्थ उत्पादनमै देखिने गरी हेफर नेपालले प्रगति गर्ने दावी सिईओ फरारीले गरेका छन् । २० वार्षिकोत्सव समारोहमा आयोजित पत्रकार सम्मेलनमा फरारीले भने, ‘हामी अर्को चरणमा प्रवेश गर्दैछौं, आगामी ३ देखि ५ वर्षभित्रमा नेपालको मासु आयातमा यसले नतिजा देखाउनेमा म विश्वस्त छु ।’

अमेरिका मुख्यालय रहेको हेफर इन्टरनेशनल नेपालमा स्थापनाकालदेखि नै पूर्ण रुपमा नेपालीहरुको नेतृत्वमा सञ्चालित रहेको जानकारी पत्रकार सम्मेलनमा दिइयो । पत्रकार सम्मेलनमा हेफर इन्टरनेशनलका बरिष्ठ कार्यक्रम उपाध्यक्ष डा. महेन्द्रनाथ लोहनीले किसानलाई व्यवसायिक हुन संस्थाले भूमिका खेलेको उल्लेख गर्दै यसअघि हचुवाको भरमा बिक्री हुने पशुपंक्षि संस्थाले चलाएको अभियानपछि जोखेर बिक्री गर्ने पद्धतिको विकास भएको र यसबाट किसानले सही मूल्य पाउन सहज भएको जानकारी दिए ।

पत्रकार सम्मेलनमा हेफर इन्टरनेशनल नेपालका कन्ट्री डाइरेक्टर शुभ महतोले संस्थाले नेपालको ४१ जिल्लाका करिब दुई लाख ५० हजार जनाले लाभ लिएको बताउँदै आर्थिक विकास, समुन्नत जिविकोपार्जन र खाद्य तथा पोषण सुरक्षामा उल्लेखनीय काम गरेको जानकारी दिए ।

सामाजिक शसक्तिकरण र संस्थागत सुदृढिकरण तथा दिगो उत्पादन र व्यवस्थित बजार प्रणालीलाई मुख्य आधार मानेर काम गर्दै आएको संस्थाले ‘मूल्यमा आधारित सर्वाङ्गिण सामुदायिक विकास’ लक्ष्य प्राप्तिको लागि अघि बढिरहेको कन्ट्री डाइरेक्टर महतोले बताए । साथै डाइरेक्टर महतोले संस्थामा दुई सय ९ वटा सहकारी आबद्ध भएर काम गरिरहेको जानकारी दिँदै यस पटकको दशैंमा हेफरमा आबद्ध भएका किसानबाट उत्पादित करिब २५ हजार खसी बजार बिक्रीको लागि गएको जानकारी समेत दिए ।

संस्थाका कार्यक्रम निर्देशक डा. तिर्थराज रेग्मीले किसानलाई बाख्रा उपहार दिने संस्थाको नीति भएको जानकारी दिँदै अन्य संस्थाले जस्तो सापटी दिने प्रक्रिया नरहेको फिर्ता गर्नु नपर्ने बताए । उनले उपहार दिने संस्कृतिको विकास गर्न संस्थाले भूमिका खेलिरहेको समेत बताए । डा. रेग्मीले सन् २०२३ सम्ममा प्रतिस्पर्धात्मक दिगो र समावेशी बाख्रा तथा दुग्ध मूल्य श्रृङ्खलामा आधारित उद्यम मार्फत करिब पाँच लाख परिवारलाई गरिबीबाट माथि उकास्ने लक्ष्य प्राप्तिको लागि काम गरिरहेको बताए ।

पत्रकार सम्मेलनमा संस्थाकी कार्यक्रम निर्देशक निना जोशीले हेफरले सन् १९९३ मा चितवनको गितानगरमा बरुवा बाख्रापालन परियोजना सुरु गरेको जानकारी दिँदै २५ परिवारबाट सुरु भएको बाख्रा पालन अहिले १५ पुस्तामा पुगेको बताइन् । निर्देशक जोशीले साना किसानको आयमा करिब दोब्बरले बृद्धि गर्न सफल भएको उदाहरण दिँदै वातावरण संरक्षण, महिला सशक्तिकरण, सामाजिक सद्भाव बलियो बनाउने महत्वपूर्ण योगदान पु¥याएको जानकारी दिइन् ।
hefer 20th anniversary1
हेफर इन्टरनेशनल नेपालले आफ्नो स्थापनाको २० औं बार्षिकोत्सव सोमबार भव्य रुपमा मनाएको छ । राजधानीको होटल अन्नपूर्णमा आयोजित कार्यक्रममा हेफरमा आबद्ध गैर सरकारी संस्था किसानहरु समेत उपस्थिति रहेको थियो । पशुपंक्षी विकास मन्त्री सन्त कुमार थारुको प्रमुख आतिथ्यमा सम्पन्न भएको बार्षिकोत्सव कार्यक्रममा पशुपंक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसी तथा समाज कल्याण परिषदका उपाध्यक्ष निलमणि बरालले हेफरले सञ्चालन गरेको कार्यक्रमहरुको प्रसंशा गर्दै सफलताको शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मितिः २०७४ असोज १०

वि.सं.२०७४ असोज १० मंगलवार ०९:५४ मा प्रकाशित

You can share this post!

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३६

काठमाडौँ : सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी...

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३०

 भक्तपुर, १३ वैशाख : कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ...

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:२२

काठमाडौँ, १४ वैशाख :हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...