back
NMB ad

कुखुराजन्य पदार्थमा वैदेशिक लगानी भित्र्याउन दिनुहुन्नः व्यवसायी

Kumari bank ad

चितवन। व्यवसायीले आत्मनिर्भर भएको दाबी गरिरहेको कुखुराजन्य पदार्थमा वैदेशिक लगानी भित्रन दिन नहुने माग गरेका छन् । तर जिल्लाका ठूला व्यवसायीको सहकार्यमा वैदेशिक लगानीमा दाना उद्योग यहाँ सञ्चालन भइरहेका छन् । मुख्यरुपमा भारतीय र चिनियाँ व्यापारी नेपालमा कुखुराजन्य पदार्थमा लगानी गर्न इच्छुक देखिएका छन् ।

पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष शङ्करप्रसाद कँडेलका अनुसार चितवनमा मात्र चिनियाँ लगानीमा बेलहोप र भारतीय लगानीमा स्काइ लार्क दाना उद्योग सञ्चालनमा छन् । यस्तै चिनियाँ लगानीमा ‘न्यू होप’ निर्माणकै क्रममा छ । भारतीय लगानीमा हेटौँडामा ‘स्नेहा’ उद्योग निर्माणको क्रममा रहेको कँडेलले बताए ।

स्वदेशी लगानीकर्ताको मेहनतकै प्रतिफलको रुपमा आत्मनिर्भर बन्न पुगेको कुखुराजन्य व्यवसायमा विदेशी लगानी भित्र्याउन नहुने कँडेल बताउँछन् । “थप दाना उद्योग आउन दिन हुँदैन,” उनले भने । कँडेलले विदेशीलाई दिने सुविधा नेपालीलाई दिनसके अरु थप उत्पादन बढाउन र सस्तोमा दाना बिक्री गर्न सकिने बताए ।

वैदेशिक लगानीमा खुलेका दाना उद्योग उच्च प्रविधियुक्त भएका कारण नेपाली दाना उद्योगले प्रतिस्पर्धा गर्न नसक्ने अवस्था छ । नेपालमा सर्वप्रथम भारतीयको साझेदारीमा ‘निम्बस’ दाना उद्योग स्थापना भएको थियो । लगत्तै नेपाली व्यावसायिक घराना वैद्य अर्गनाइजेसनले चिनियाँको साझेदारीमा ‘बेलहोप’ दाना उद्योग जिल्लामा स्थापना गरेको थियो । निम्बसबाट भारतीय साझेदार बाहिरिएको छ । तर अन्यमा भारतीय र चिनियाँ लगानीकर्ता आउने क्रम रोकिएको छैन ।

पोल्ट्री महासङ्घका उपाध्यक्ष अर्जुन अर्याल घरेलु उद्योगको रुपमा विकास भएर आत्मनिर्भर बन्न सकेको कुखुराजन्य क्षेत्रमा विदेशी लगानी भित्रिएमा यहाँको व्यवसाय सखाप हुने बताउँछन् । “विदेशी पुँजी भित्रन हुन्न भन्ने होइन तर कुखुराजन्य क्षेत्रमा भित्रन हुँदैन ।,” उनले थपे । “सरकारले कुखुरापालन क्षेत्रमा वैदेशिक लगानीलाई छुट दिँदा नेपाली व्यवसाय विस्थापित हुने खतरा बढिरहेको छ ।”

नेपालमा व्यावसायिक पोल्ट्री फष्टाउनुमा देशकै व्यवसायीको महत्वपूर्ण योगदान रहेको नेपाल अन्डा उत्पादक सङ्घका महासचिव त्रिलोचन कँडेलको भनाइ छ । “घरघरमा थोरै कुखुरा पालेर जीविकोपार्जन गर्नेको रोजीरोटी विदेशी लगानी भित्रिएमा बन्द हुन्छ,” उनले भने। सानो व्यवसायलाई वैदेशिक लगानीको आवश्यकता नपर्ने कँडेलको भनाइ छ ।

नेपाल अन्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसी मासु, चल्ला, अन्डाजस्ता उत्पादन क्षेत्रमा वैदेशिक लगानी ल्याउन नहुने बताउँछन् । स्वदेशी लगानीलाई सुरक्षित गर्नेतर्फ सरकार लाग्नुपर्नेमा उनले जोड दिए । केसीले विसं २०६९ देखि नै विदेशी लगानी पोल्ट्रीमा ल्याउन नहुने अभियान चलाउँदै आएका छन् ।

नेपालमा हाल दाना उद्योग १२५ वटा रहेका छन् । ती उद्योगबाट दैनिक तीन हजार टन दाना उत्पादन हुन्छ । पशुसेवा कार्यालयका प्रमुख डा डिल्लीराम सेढाईं सरकारले नेपाली व्यवसायीको हित खोजेको बताउँछन् । “पोल्ट्रीमा उत्पादन लागत घटाएर देशको माग पूरा गरी विदेश पठाउनेसम्मको योजना बनाउनुपर्छ,” उनले भने ।

नेपाली व्यवसायीले एउटै कुखुरा फार्ममा रु दुई अर्बसम्म लगानी गरेका पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलले बताए । अभिनास ग्रुपले सञ्चालन गरेको ‘प्यारेन्ट फार्म’मा रु दुई अर्बभन्दा बढीको लगानी छ । नेपालमा हाल कुखुरापालन व्यवसायमा करिब रु ८० अर्ब लगानी भएको व्यवसायी बताउँछन् ।

पोल्ट्री व्यवसायी मञ्चका कार्यकारी अधिकृत शिवप्रसाद बरालका अनुसार देशभर २२ हजार लेयर्स र ब्रोइलर फार्म सञ्चालनमा छन् । ब्रोइलर मासु र लेयर्स अन्डाका लागि पालिन्छ । देशभर १७८ ह्याचरी उद्योग रहेका छन भने पोल्ट्री क्षेत्रबाट एक लाख २० हजार घरपरिवारले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ।

प्रकाशित मितिः २०७३ माघ १९

वि.सं.२०७३ माघ १९ बुधवार १५:१२ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...