back
NMB ad

उपत्यकाका सबै विश्व सम्पदाहरुलाई साइकलले घेरिने

Kumari bank ad

काठमाण्डौं । आउँदो शनिबार उपत्यकाका सबै विश्व सम्पदाहरुलाई साइकलले घेर्ने तयारी भएकोछ । टुर दी लुम्बिनी- पेडल फर पिस, काठमाण्डौं साइकल सिटी २०२० र साइकल सिटी नेटर्वक नेपालको आयोजनामा यस्तो कार्यक्रम गर्न लागिएको टुर दी लुम्बिनीका संस्थापक मेघ आलेले जानकारी दिएका छन् ।

काठमाण्डौं उपत्यकाको सातवटा विश्व सम्पदालाई साइकलले घेर्न लागिएको हो । विश्व सम्पदामा सूचिकृत भएका बसन्तपुर, स्वयम्भु, पशुपति, बैद्धनाथ, चागुनारायण, भक्तपुर र पाटन दरबार क्षेत्रको संरक्षण र सम्बद्र्धनका लागि जनस्तरमा जानकारी दिन यस्तो गर्न लागिएको हो । यो साइकल ¥याली पाटनबाट सुरु भएर पाटन दरबार क्षेत्रमा नै गएर समापन गरिने पनि आलेले जानकारी दिए ।

साइकल मैत्री शहरका साथसाथै वातावरण अनुकुल इको टुरिजम, स्पोस्र्ट टुरिजमको प्रवद्र्धनका लागि र साइकल सडकले विश्व सम्पदालाई एक अर्कासँग जोड्नका लागि पनि यस्तो कार्यक्रम गर्न लागिएको आयोजकले बताए ।

५२ किलोमिटरको यो साइकल यात्रामा बालबालिकादेखि बृद्धबृद्धासम्म र स्वदेशी एवं विदेशीहरुको उल्लेख्य सहभागिता हुने आयोजकको भनाई छ । बिहान ७ बजेबाट सुरु हुने यो कार्यक्रम बेलुकी ४ बजेसम्म जारी रहनेछ । यसका लागि ६ सयभन्दा बढी माउण्टेन बाइक राइडरहरु तयार भएको पनि उनले बताएका छन् ।

आफ्नो कार्यक्रमलाई पुरातत्व विभागले राम्रो मानेको, युनेस्कोले सहयोग गरेको र टुरिजम बोर्डले प्रवद्र्धन गरेको बताउने घलेले यस कार्यक्रमलाई पर्यटन मन्त्रालयले पनि आफ्नो वार्षिक क्यालेण्डरमा समावेश गर्न लागेको पनि जानकारी दिए ।

८ बैशाख २०७३, १।००

वि.सं.२०७३ वैशाख ८ बुधवार १४:२८ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...