back
NMB ad

बजारमा आए हिरो मोटोकर्पका तीन बाइक !

Kumari bank ad

काठमाण्डौँ । विश्वकै ठूलो दुई पाङ्ग्रे सवारी साधान उत्पादक हिरो मोटोकर्पका तीन नयाँ मोटरसाइकल नेपाली बजारमा बिक्री सुरु गरिएको छ । बिभिन्न वर्गका उपभोक्ता लक्षित गरी यी मोटरसाइकल ल्याएको कम्पनीले जनाएको छ।

नयाँ मोटरसाइलमा स्प्लेण्डर आइस्मार्ट ११०, न्यू अचिभर १५० र नयाँ सुपर स्प्लेण्डर १२५ रहेका छन्। स्प्लेण्डर आइस्मार्ट ११० भारतको जयपुर स्थित हिरोको सेण्टर अभ इनोभेसन टेक्नोलजीमा डिजाइन गरि बनाइएको पहिलो बाइक रहेको कम्पनीले जनाएको छ। यसले आफ्नो समूहमा सबैभन्दा दमदार काम गर्ने र इन्धन बचत गर्ने कम्पनीको दावी छ।

अचिभर १५० नयाँ बिएस–४ अनुसारको इन्जिन रहेको कम्पनीले जनाएको छ। यसमा हिरोको आफ्नो आविष्कार आइ थ्री एस प्रविधि यसमा जडित रहेको जनाइएको छ। आफ्नो श्रेणीमा उत्कृष्ठ कार्य सम्पादन र मितव्ययि तवरले इन्धन खपत गर्नु यो मोटरसाइकलको बिषेशता हो ।

१२५ सिसीको नयाँ सुपर स्पेल्नडरमा पनि आइ थ्री एस प्रविधि जडान गरिएको जनाइएको छ। यो प्रविधिको कारणले सुपर स्पेल्नडरले पुरानै शक्ति र कार्यक्षमता दिने जनाइएको छ। साथै मोटरसाइकलको बडीमा बिभिन्न रोमाञ्चक र आधुनिक आकृति रहेका छन्।

– ७ मंसिर २०७३, ११।००

वि.सं.२०७३ मंसिर ७ मंगलवार १२:०२ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...