back
NMB ad

बाढीका कारण हेटौँडा औद्योगिक क्षेत्रमा करिब दुई अर्बको नोक्सानी

Kumari bank ad

हेटौँडा । हेटौँडा औद्योगिक क्षेत्रमा बाढी पस्दा रु एक अर्ब ७७ करोडको नोक्सानी भएको छ । यहाँका आठवटा उद्योगमा रु दुई करोड ५० लाखभन्दा बढीको भौतिक क्षति भएको छ ।

उद्योग व्यवस्थापन कार्यालय हेटौँडा र उद्योग सङ्घ मकवानपुरले संयुक्त रुपमा गरेको निरीक्षणका क्रममा सो परिमाणमा नोक्सानी भएको भेटिएको हो । “यो त न्यूनतम क्षति विवरण मात्र हो, पूर्ण विवरण आउन बाँकी नै छ,” औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका व्यवस्थापक नेपालभूषण वैद्यले भने ।

बाढीका कारण क्षति पुगेका आठवटा उद्योगमध्ये तीनवटा अझै सञ्चालनमा आउन सकेको छैन । औद्योगिक क्षेत्रमा रहेको औद्योगिक प्रतिष्ठानमा भएको क्षतिबारे अध्ययन गर्न उद्योग सङ्घको तर्फबाट तीनजना र हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयको तर्फबाट तीनजना गरी छजनाको समिति बनाइएको छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका व्यवस्थापक वैद्यले तीन दिनसम्म औद्योगिक क्षेत्र डुबानमा परेका कारण ती उद्योग बन्द गर्नु परेको बताउ । सम्पूर्ण उद्योग बन्द हुँदा दैनिक रु ५० करोड बराबर व्यापार घाटा व्यहोर्नु परेको उन्को भनाइ छ । कतिपय उद्योगको कच्चा पदार्थ र गोदामको क्षति विवरण आउन समय लाग्ने देखिन्छ ।

औद्योगिक क्षेत्रमा रहेको ढलमा रातोमाटो तथा खहरेको बाढी पस्दा खाद्य उद्योगमा रु ८० लाख मूल्य बराबरको करिब छ हजार मेट्रिक टन गहुँ, एमयस पोलिमर्स प्रालिमा रु ६० लाख, एन्टार्टिक बिस्कुट प्रालिमा रु ३० लाख, शिखर केमिकल्स प्रालिमा रु १० लाख, जय गणेश प्रालिमा रु १० लाख, ग्यासिका टेक्सटाइलमा रु १० लाख बराबरको धागो, समुराइक स्टिल प्रालिमा रु पाँच लाख र गोरखकाली सिमेन्ट सामग्री उद्योगमा रु पाँच लाख बराबरको कच्चापदार्थ क्षति भएको उद्योग सङ्घ मकवानपुरका अध्यक्ष नमराज अर्यालले जानकारी दिए ।

ती उद्योगको मेसिनरी सामान समेतको क्षति करिब रु ४० लाख रहेको उन्को भनाइ छ । कतिपय उद्योगमा भएको क्षतिको यकिन तथ्यांक आउन सकेको छैन । खाद्य उद्योग लिमिटेडका प्रबन्ध निर्देशक मुकुन्द जोशीले गोदाममा वर्षभरिलाई पुग्नेगरी गहुँ भण्डार गरिएको र सोही गोदाममा पानी पसेर गहुँ नष्ट भएको बताए ।

उद्योग सङ्घ मकवानपुरका अध्यक्ष अर्यालले एसियन पेन्टस् प्रालिको पर्खाल छेउमा पहिरो गई शिखर केमिकल्समा नोक्सान भएको बताउ । नाइलनको डोरी उत्पादन गर्ने जयगणेश प्रालि र कपडा उत्पादन गर्ने ग्यासिका टेक्सटाइल अझै सञ्चालनमा आउन सकेको छैनन् । हाल औद्योगिक क्षेत्रभित्र ८२ वटा उद्योग सञ्चालनमा छन् । रासस

प्रकाशित मितिः २०७४ भदौ २

वि.सं.२०७४ भदौ २ शुक्रवार १६:४४ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...