back
NMB ad

सेयर बजारमा अर्काे अवसर,१४ हाइड्रोको ५ अर्बको साधारण शेयर निष्काशन हुँदै !

Kumari bank ad

काठमाडौ । नेपाल धितोपत्र बोर्डमा आवेदन दिइएको आधारमा हेर्ने हो भने यस वर्ष विभिन्न १४ जलविद्युत् कम्पनीको मात्रै प्राथमिक शेयर र थप निष्काशन (एफपिओ) गरी पाँच अर्ब सात करोड रुपैयाँभन्दा बढी शेयर बजारमा आउन लागेको छ । कुल १४ जलविद्युत् कम्पनीले आइपिओ र एफपिओका लागि धितोपत्र बोर्डमा निवेदन दिएका छन् । आवेदन दिएका सबैको शेयर यस वर्षभित्रै निष्काशन हुनेछ ।

बुटवल पावर कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा एफपिओ निष्काशन गर्न लागेको छ । सो कम्पनीले प्रतिकित्ता ५१८ रुपैयाँ प्रिमियम मूल्य प्रस्ताव गरेको छ । धितोपत्र बोर्डले स्वीकृति दिन बाँकी रहेको उक्त प्रस्तावअनुसार ४० लाख ८१ हजार कित्ता एफपिओ निष्काशन गर्न लागेको छ ।

पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावितलाई ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता शेयर निष्काशन गर्ने तयारी गरेको छ । राधी विद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणलाई सात करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको सात लाख ६४ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने तयारी गरेको छ ।

आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडले स्थानीयवासीलाई आठ करोड रुपैयाँ बराबरको आठ लाख कित्ता शेयर निष्काशन गर्न लागेको जनाएको छ । आयोजनाका प्रमुख विश्वनाथ कँडेलले साधारण शेयर निष्काशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

यस्तै गज्र्याङ उपत्यका हाइड्रोपावर लिमिटेडले स्थानीयवासीलाई दुई करोड रुपैयाँ बराबरको दुई लाख कित्ता साधारण शेयर निष्काशन गर्न बोर्डमा निवेदन दिएको छ । जोशी हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीयवासीलाई तीन करोड ७१ लाख ४० हजार रुपैयाँ बराबरको तीन लाख ७१ हजार ४०० कित्ता र शुभम् पावर लिमिटेडले स्थानीयवासीलाई दुई करोड रुपैयाँ बराबरको दुई लाख तथा लुघिम बुद्धपावर नेपाल लिमिटेडले स्थानीयवासीलाई नौ करोड ७८ लाख रुपैयाँ बराबरको नौ लाख ७८ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको छ ।

बोर्डका अनुसार युनिक हाइडेल लिमिटेडले पाँच करोड ५५ लाख रुपैयाँ बराबरको ५५ लाख कित्ता, सिइडिबी हाइड्रो फण्डले २२ करोड ८९ लाख ३० हजार रुपैयाँ बराबरको २२ लाख ९८ हजार कित्ता, कालिका पावर लिमिटेडले स्थानीयवासीलाई छ करोड रुपैयाँ बराबरको छ लाख कित्ता र युनियन हाइड्रोपावर लिमिटेडले छ करोड ३३ लाख ७४ हजार रुपैयाँ बराबरको छ लाख ३३ हजार कित्ता साधारण शेयर निष्काशनका लागि बोर्डमा निवेदन दिएको छ । रासस

प्रकाशित मितिः २०७४ भदौ २३

वि.सं.२०७४ भदौ २३ शुक्रवार ११:३६ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...