back
NMB ad

१ हजार ६९ जनाले लिए हिमाल आरोहण अनुमति

Kumari bank ad

काठमाडौ। शरद ऋतुमा विभिन्न हिमाल आरोहणका लागि एक हजार  ६९  जनाले आरोहण अनुमति लिएका छन् ।

यो मौसम (असोज र कात्तिक) पर्वतारोहणका लागि उपयुक्त भएकाले उल्लेख्य सङ्ख्यामा आरोही पर्वतारोहणका लागि जाने गर्छन् ।

आरोहण अनुमति यो महिनाभर लिने भएकाले आरोहीको सङ्ख्या अझै बढ्ने पर्यटन विभागले जनाएको छ ।

तुलनात्मक रुपमा यो वर्ष कमैले आरोहण अनुमति लिएका छन् । विभागका अनुसार सन् २०१४ मा एक हजार ३८५ जनाले आरोहण अनुमति लिएका  थिए । सन् २०१५ मा नेपाल पर्वतारोहण सङ्घ (एनएमए) सहित दुई हजार ७२० जनाले आरोहण अनुमति लिएका थिए ।

यो मौसममा सर्वोच्च शिखर सगरमाथाबाहेक मनास्लु, कञ्चनजङ्गा, धौलागिरि अमा दब्लबलगायतका हिमाल तथा पिक आरोहण गर्न आरोही गएका छन् । केही समूहले मनास्लु हिमाल आरोहण गरे पनि आधिकारिक जानकारी नआइसकेको विभागले जनाएको छ ।

वसन्त ऋतुमा ९८ आरोहण दलका एक हजार ३७५ जनाले सगरमाथासहितका हिमाल आरोहण अनुमति लिएका थिए । जसमध्ये २८९ जनाले सगरमाथा आरोहण गरेका थिए । वर्षका सबै चार याम वसन्त, बर्खा, शरद र हिउँदमा आरोहण हुने गरेको छ ।

प्रकाशित मितिः २०७३ कार्तिक २२

वि.सं.२०७३ कात्तिक २२ सोमवार २०:४२ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...