back
NMB ad

काठमाडौको कोटेश्वरमा खुल्यो ‘हिमालयन फ्रेस अरबिका कफि शप’

Kumari bank ad

राजधानीको कोटेश्वरमा ‘हिमालयन फ्रेस अरबिका कफि शप’ सञ्चालनमा आएको छ । विभिन्न पेशामा आबद्ध पाँच जनाको समुहले कोटेश्वरमा आधुनिक कफि शप सञ्चालनमा ल्याएका हुन । कफि शपमा अर्गानिक कफिका साथमा विभिन्न प्रकारका ताजा बेकरीको स्वाद लिन पाइनेछ ।

बढ्दो कफि कल्चरलाई मध्यनजर गर्दै बैंक, पुर्वाधार निर्माण, सामाजिक कृयाकलाप तथा पर्यटन क्षेत्रमा सक्रिय पाँच जनाको लगानीमा ‘हिमालयन फ्रेस अरबिका कफि शप’ सञ्चालनमा आएको हो । राजधानीकै उत्कृष्ट कफि शपका रुपमा विकास गर्दै अन्य क्षेत्रमा समेत शाखा विस्तार गर्ने लक्ष्य कफि शपले लिएको छ ।

कोटेश्वरको दक्षिण तर्फ प्रभु बैंकसँगै खुलेको ‘हिमालयन फ्रेस अरबिका कफि शप’ मा कफिका पारखीहरुले चाहे जस्तो स्वादमा विशुद्ध नेपाली अर्गानिक कफि पिउन तथा चाहेजस्तो बेकरी आइटम खान पाउने छन् ।

बैंकिंग पेशामा डेढ दशक लामो अनुभव बटुलेका उद्धवराज थपलिया, पर्यटन पेशामा सक्रिय ध्रुवराज न्यौपाने, निर्माण क्षेत्रमा सक्रिय सागर पाण्डे, सामाजिक अभियन्ता मनोज अर्याल लगायतको समुहले आफैंले केही नयाँ काम गर्ने लक्ष्य लिएर कफि सप सुरु गरेको हुन ।

हिमालयन फ्रेस अरेबिका कफि शप कफिका पारखीहरुका लागि उत्कृट गन्तव्य बन्ने विश्वास लगानीकर्ताले लिएका छन् । नेपाली शुद्ध अर्गानिक कफिलाई अन्तर्राष्ट्रिस्तरको मेसिनबाट तयार पारेर पारखीहरु समक्ष सेवा दिने बन्दोबस्त कफि शपले मिलाएको छ । शान्त वाताबरणमा आधुनिक शैलीमा सजाइएको कफि शपमा पुग्ने जो कोहीले पनि कफिको मज्जा लिँदै आनन्द महसुस गर्न सक्नु नै कफि शपको विशेषता हो ।

डेढ दशक लामो बैंकिङ पेशाबाट कफि शपमा आकर्षित बनेका सञ्चालक उद्धवराज थपलिया भन्छन्, ‘जागिरे भएर मात्र हाम्रो योगदान देखिएन । हामी आफैंले व्यवशाय गरेर अरुलाई पनि केही योगदान गरौं भन्ने उद्धेश्यले कफि शप सुरु गरेका हौं ।’
अहिले कफि शपले नौ जनालाई रोजगारी प्रदान गरिरहेको छ । विश्वस्तरीय कफिका साथमा बेकरीका महत्वपूर्ण आइटम खानका लागि कफि शपमा नियमित रुपमा ग्राहक आउन थालिसकेका छन् । कफि शपमा सबै किसिमका बेकरी आइटमहरु उपलब्ध छन् । साथै कफि शपले अर्डर अनुसारका केक तथा बेकरी आइटम तयार गर्दै पनि आएको छ ।

कफि शपका अर्का सञ्चालक तथा पर्यटन पेशाकर्मी ध्रुबराज न्यौपाने भन्छन्, ‘कोटेश्वरजस्तो भीडभाडपूर्ण ठाउँमा केहीबेर आनन्द महसुस गर्दै तातो वा चिसो कफिका साथ उत्कृष्ट बेकरी खान पाउनुले कफि शप आकर्षणको केन्द्र बनेको छ ।’

हिमालयन बेञ्चदेखि विभिन्न कफि शपमा झण्डै दशक अवधिसम्म बारिस्ताको अनुभव बटुलेका उमेश सत्यालले कफिका पारखीहरुलाई कलात्मक तथा स्वादिलो कफि चखाउने गरेका छन् । उनी कफि शपका प्रबन्धक हुन् । आफुले दिने सेवा सम्बन्धमा सत्याल भन्छन्, ‘उच्च गुणस्तरको रोष्ट गरिएको कफिको दानाप्रति हाम्रो विशेष ध्यान केन्द्रित हुन्छ । अन्य शपमा यसलाई त्यत्ति महत्व दिइएको पाइँदैन । यसले पनि हामी अरुभन्दा पृथक बनेका छौं ।

निकट भविष्यमा नै राजधानी लगायत मुलुकका विभिन्न स्थानमा शाखा बिस्तार गर्दै उल्लेख्य रोजगारी श्रृजना गर्ने लक्ष्य कफि शपले लिएको छ । कफि शपका अर्का सञ्चालक तथा सामाजिक अभियन्ता मनोज अर्याल भन्छन्, ‘जागिर खाने संस्कारबाट बाहिरिँदै अरुलाई जागिर दिने अनि व्यवशायी बन्न प्रोत्साहित गर्ने लक्ष्य लिएर हामीले यो यात्रा सुरु गरेका हौं । सबैको साथ पाएमा हामी उदाहरणीय काम गरेर देखाउँछौं ।’निकट भविष्यमा नै कफि शपले अनलाइनबाट आफुकहाँ उपलब्ध सबै सेवाहरुको बुकिङ लिने व्यवस्था गर्दैछ ।

प्रकाशित मितिः २०७४ बैशाख १२

वि.सं.२०७४ वैशाख १२ मंगलवार १५:५२ मा प्रकाशित

You can share this post!

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

वि.सं.२०८१ वैशाख २७ बिहीवार १८:०९

पाटन (ललितपुर), २७ वैशाख : ललितपुर महानगरपालिकाले जावलाखेलमा स्नान कक्षसहितको...

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:५९

काठमाडौँ, २७ वैशाख : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले राष्ट्रिय...

विजय दिवसको सम्बोधनमा आणविक शक्तिहरू ‘सधैँ सतर्क’ रहेको पुटिनको भनाइ   

विजय दिवसको सम्बोधनमा आणविक शक्तिहरू ‘सधैँ सतर्क’ रहेको पुटिनको भनाइ   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:५३

मस्को, २७ वैशाख : राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार आफ्नो आणविक...

निजी क्षेत्र सम्मिलित नयाँ चरणको सुधार आवश्यकः अध्यक्ष ढकाल

निजी क्षेत्र सम्मिलित नयाँ चरणको सुधार आवश्यकः अध्यक्ष ढकाल

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:४५

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ...

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:०६

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व...

बाल सङ्गठनका पूर्वपदाधिकारीलगायत २० जना विरुद्ध पक्राउ पुर्जी जारी   

बाल सङ्गठनका पूर्वपदाधिकारीलगायत २० जना विरुद्ध पक्राउ पुर्जी जारी   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १६:५८

काठमाडौँ, २७ वैशाखः काठमाडौँको नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा...