काठमाडौं । हिमालयन बैंकले २५ प्रतिशत बोनस र कर तिर्न १.३१५८ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट बोनस र नगल लाभांश दिने निर्णय गरेको हो ।
हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ४९ करोड १६ लाख २४ हजार रुपैयाँ छ । २५ प्रतिशत बोनस दिइसकेपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ११ करोड ४५ लाख ३० हजार रुपैयाँ पुग्नेछ ।
प्रकाशित मितिः २०७४ कार्तिक १५
वि.सं.२०७४ कात्तिक १५ बुधवार १२:३१ मा प्रकाशित