काठमाडौं । हिमालयन बैंकको १ लाख ४५ हजार ५८० कित्ता साधारण सेयर लिलामीमा आएको छ । बैंकले कात्तिक २६ देखि मंसिर ३० गतेसम्म निश्काशन गरेको हकप्रद सेयरमा सर्ब साधारणको तर्फबाट आवेदन नपरेको सेयर लिलामीमा राखेको हो ।
बैंकले उक्त सेयर न्यूनतम मूल्य १०० राखेर बढाबढ मूल्यमा बिक्रीमा राखेको हो । कम्तिमा १०० कित्तादेखि लिलामीमा राखिएको सबै सेयरको लागि एकै व्यक्तिले आवदेन गर्न सक्ने बैंकले जनाएको छ । यसका लागि चैत १६ गतेसम्ममा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलमा आवदेन गर्न सकिनेछ । बोलकबोलको सेयर चैत्र १७ गते खुला गरिने छ ।
प्रकाशित मितिः २०७३ फागुन २४
वि.सं.२०७३ फागुन २४ मंगलवार १३:५२ मा प्रकाशित