back
NMB ad

हिमालयन पावर पार्टनरको शेयर बाँडफाँड,न्यूनत्तम १० कित्ता त्यसभन्दा माथि कति पाए ?

Kumari bank ad

काठमाडौ। हिमालयन पावर पार्टनरले निष्कासन गरेको साधारण शेयर बुधबार बाँडफाँड भएको छ। धितोपत्र बाँडफाँड निर्देशिका २०७४ अनुसार, सबै लगानीकर्ताले १० कित्ता शेयर पाउने गरि बाँडफाँड भएको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको ट ।

हिमालयन पावर पार्टनरले सर्वसाधारणका लागि १९ लाख ८१ हजार ६ सय ७५ कित्ता साधारण शेयर निष्कासन गरेको थियो। निष्कासन भएको शेयरमा एक लाख ६५ हजार एक जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये १२ सय ६४ आवेदन रद्ध भएको छ। बाँकी एक लाख ६३ हजार सात सय ३७ जना सबैले १० कित्ता शेयर पाएका छन्। सबै आवेदकले १६ लाख ३७ हजार १० कित्ता शेयर पाएका हुन् ।

बाँकी रहेका तीन लाख ३४ हजार तीन सय पाँच कित्ता शेयर बाँड्न पुन गोला प्रथा गरियो। त्यसमा पनि सबै आवेदकलाई समावेश गरियो। गोलाप्रथामा समावेश भएका मध्ये ३४ हजार चार सय तीस जनाले पुन १० कित्ता थप शेयर पाएका छन् ।

बाँकी रहेको पाँच कित्ता बाँडफाँड गर्न पुन तेस्रो पटक गोला प्रथा गरियो। जसमा दोस्रो पल्ट गोला प्रथामा समावेश भएका ३४ हजार चार सय ३० जनालाई समावेश गरिएन। तेस्रो पल्टको गोलाप्रथामा एक लाख २९ हजार तीन सय सात जना मध्ये पाँच जनालाई एक– एक कित्ता शेयर बाँडफाँड गरिएको छ। २० कित्ता शेयर भन्दा बढी कसैले पनि पाएन। पाउनेले १० कित्ता, ११ कित्ता र २० कित्ता सम्म शेयर पाएका छन् । कम्पनीले २१ करोड ३० लाख ४३ हजार रुपैयाँ बराबरको २१ लाख ३० हजार ४३० कित्ता शेयर निष्कासन गरेको थियो।

प्रकाशित मितिः २०७४ साउन ४

वि.सं.२०७४ साउन ४ बुधवार १४:०५ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...