back
NMB ad

धादिङमा हिमालयन स्काई ट्रेल(तिनसुरे पदमार्ग) सञ्चालन

Kumari bank ad

धादिङ । धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने रुवीभ्याली क्षेत्र अन्तर्गत निर्मित हिमालयन स्काई ट्रेल (तीनसुरे पदमार्ग) सञ्चालनमा आएको छ ।

सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले एक कार्यक्रमकाबीच पदमार्गको उद्घाटन गरेर संचालमा आएको घोषणा गरेका हुन् ।

धादिङको नेत्रतालबाट करीब ५० किलो मिटर दुरीको सो पदमार्ग नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा निर्माण गरिएको हो । बोर्डले पदमार्ग निर्माणका लागि ४० लाख खर्चिएको छ ।

समुन्द्री सतहदेखि एक हजार ५०० फिटको उचाइमा रहेको नेत्रतालदेखि झण्डै ११ हजार उचाईमा रहेको तीनसुरे भञ्याङसम्म उक्त पर्यटकीय पदमार्ग पर्दछ ।

हिमालयन स्काई ट्रेल (तीनसुरे पदमार्ग)मा पहिलोदिन काठमाडौँदेखि नेत्रताल, दोस्रोदिन बगुवाखोला – कात्तिके हुँदै मनटारी, तेस्रोदिन फुलखर्क – गुम्दीहुँदै पोखराडाँडा, चौँथो दिन तीनसुरे भएर गङ्गा–जमुना र पाँचौं दिन पुनः फूलखर्क हुँदै मनटारी वा नेत्रताल आइ बस्न सकिनेछ । थम समय हुने पर्यटकले सोही भेगका अन्य गन्तव्यमा समेत भ्रमण गर्नसक्नेगरि उक्त पदमार्ग संचालनमा ल्याईएको हो ।

जलचर, जंगली जनावर र धार्मिक पर्यटनका दृष्टीले यो पदमार्ग महत्वपूर्ण मानिएको छ । काठमाडौंबाट नजिक र छोटो तर विविधता भएको हुनाले यस पदमार्गलाई पर्यटकले मन पराउने पर्यटन व्यवसायीहरुको विश्वास रहेको छ ।
पदमार्ग संचालमा आएसँगै स्थानीगहरुमा रोजगारीको अवसर सिर्जना हुने र उनीहरु लाभान्वित हुने विश्वास लिईएको छ ।

पदमार्गको उद्घाटन गर्दै मन्त्री शाहीले स्वरोजगार सिर्जना गर्नै कार्यमा यस्ता पदमार्गहरुले उल्लेख्य भूमिका निर्वाह गर्ने र देशको अर्थतन्त्रमा सहयोग पुर्याउने बताए ।

सांसद दिलमान पाख्रिनले यस क्षेत्रमा अझै पर्यटनका थुप्रै गतिविधिहरु चलाउनु पर्नेमा जोड दिए । उनले बल्ल धादिङमा रहेका सम्भावनाहरुको उजागर हुन थालेको भन्दै स्काई ट्रेलले छिट्टै लोकप्रियता पाउनेमा आफू विश्वस्त रहेको बताए ।

ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ् नेपाल (टान)का पूर्व अध्यक्ष ज्योति अधिकारीले थोरै दिनमा समग्र नेपाल चिन्नको लागि हिमालयन स्काई ट्रेल उपयुक्त हुने बताए ।

पदमार्गबाट गणेश हिमाल र लाङटाङ क्षेत्रको मनोरम दृश्य, विभिन्न जङ्गली जनावर, जडिबुटी तथा रुवीभ्याली, रिङ्नेभ्याली र बुढी गण्डकीभ्यालीको अवलोकन गर्न सकिन्छ ।
प्रकाशित मितिः २०७३ कार्तिक ११

वि.सं.२०७३ कात्तिक ११ बिहीवार १५:४४ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...