भारत अधिनस्थ काश्मिरको हिमालय क्षेत्रमा रहेको एक सैनिक चौकी हिमपहिरोमा परी कम्तीमा ६ सैनिकको मृत्यु भएको भारतीय सैनिक स्रोतले जानकारी दिएको छ । हिमालय क्षेत्र काश्मिरमा भारत र पाकिस्तान छुट्टाउने सीमा रेखामा उच्चस्तरमा सैनिक तैनाथ गरेको स्थानमा सो हिमपहिरोबाट प्रभावित भएको जनाइएको छ ।
भारतीय सैनिक कर्णेल राजेश कालियाका अनुसार रातभरी आएको भीषण हिमपहिरोमा १० सैनिक पुरिएका र तीनमध्ये तीन जनाको शव फेला परेको र सात जना भने उद्धार गरिएको छ । कालियाका अनुसार सोही इलाकामा गएको अर्को हिमपहिरोमा परी अन्य तीन सैनिकको मृत्यु भएको छ । हिमपहिरो र पहिरो काश्मिरमा एक साधारण घटनाको रुपमा हुँदै आएको पाइन्छ ।
जसको कारण सीमा रेखामा रहेका भारतीय र पाकिस्तानी सैनिक ठूलो सङ्ख्यामा ज्यान गुमाउने गरेका छन् ।
फाईल फोटो
प्रकाशित मितिः २०७३ माघ १३
वि.सं.२०७३ माघ १३ बिहीवार १७:०२ मा प्रकाशित