back
NMB ad

होल्याण्ड एग्रिकल्चरको टयाक्टर सोरुम सातदोवाटोमा

Kumari bank ad

काठमाडौं । तराइ, पहाड, हिमाल, न्यू–हल्याण्डको कमाल भन्ने नाराका साथ विश्व विजेता न्यू हल्याण्ड एग्रिकल्चरले केस ब्राण्डका विभिन्न मोडलका नयाँ टयाक्टर नेपाली बजारमा भित्र्याएको छ । बुटवललाई आधार क्षेत्र बनाएर ट्रयाक्टरको कारोबार सुरु गरेको भुसाल ग्रुपले बुधबार ललितपुर सातदोवाटोमा भुसाल ट्रयाक्टर सप्लायर्सको सोरुम सहित कर्पोरेट अफिस समेत स्थापना गरेको छ । नयाँ मोडल र नयाँ प्रविधियुक्त ३० देखि ९० हर्स पावरका ट्रयाक्टर ढुवानी र जोत्नका लागि निकै उपयोगी रहेको कम्पनीको दाबी छ ।

नयाँ प्रविधिको डिजल कम खपत केस ब्राण्डका ट्रयाक्टर नेपाली किसानलाई लक्षित गरी निर्माण गरिएको नेपालस्थित आधिकारिक विक्रेता भूसाल ट्रयाक्टर सप्लायर्सका सञ्चालक बालकृष्ण भुसालले बताए । टर्कीको प्रविधिमा निर्माण गरिएका ट्रयाक्टर नेपाली किसानले मन पराउने पनि उनको भनाइ छ । बुटवलबाट सुरु भएको केस ब्राण्डका विभिन्न मोडलका ट्रयाक्टरको बुकिङ सुरु भइसकेको र देशैभरीबाट माग आइरहेकोले न्यू हल्याण्डको नेपाली बजारलाई ३० प्रतिशत पुरयाउने लक्ष्य प्राप्तिमा कुनै कठिनाइ नहुने पनि उनले बताए । तीन वर्षे वारेन्टी र सातवर्षे निशुल्क सर्भिसिङको व्यवस्थाका कारण पनि यसप्रति उपभोक्ता आकर्षित हुने कम्पनीको विश्वास रहेको छ ।

पार्टसको विक्री वितरण भने रामकृष्ण टे«ड सेन्टरमार्फत हुने कम्पनीले जानकारी दिएको छ । भूसाल ट्रयाक्टर सप्लायर्सले २४० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । न्यु होल्याण्डले विश्वभरका ५५ वटा देशमा  २६ प्रतिशत बजार हिस्सा ओगटेको भन्दै उनले नेपालमा पनि सबैभन्दा धेरै हिस्सा ओगटेको दाबी गरे । कुल २२ वटा कम्पनीका करिब ५ हजार ट्रयाक्टर खपत हुने गरेको हल्याण्डका मात्रै १ हजार संख्याको हाराहारीमा रहेको उनले बताएका छन् ।

हाल पूर्व मेचीदेखि पश्चिम महकालीसम्म २२ सवडिलर र ३ स्थानमा आफ्नै आउटलेटहरु खोलेर बिक्री गर्दै आएको कम्पनीले केही महिनाभित्रैमा बीरगंज, नारायणगढ, गुल्मी, पाल्पा, डडेलधुरा र सुकेबजारलगायतका क्षेत्रमा थप डिलर विस्तार गर्ने भएको छ पाल्पा, डडेल्धुरा र सुकेबजारलगायतका क्षेत्रमा थप डिलर विस्तार गर्ने भएको छ ।

वि.सं.२०७३ कात्तिक ३ बुधवार १८:३६ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...