back
NMB ad

घरजग्गा व्यवसाय संकटमा,कसरी ?

Kumari bank ad

काठमाडौ। सरकारले कृषि योग्य जमिनमा जग्गा प्लटिङ गर्न रोक लगाएको छ । खाद्य सुरक्षा र खाद्य सम्प्रभुताको संवैधानिक प्रत्याभूत गर्न तथा भूमिलाई खन्डिकरण हुनबाट रोक्न कृषियोग्य जमिनको प्लटिङ गर्न रोक लगाएको भूमिसुधार तथा व्यवस्था सचिव कृष्णप्रसाद देवकोटाले बताए ।

मन्त्रालयले भूमिसुधार ऐन २०२१ ले प्रत्यायोजन गरेर अधिकारको प्रयोग गर्दै निर्देशिकका जारी गरी कृषियोग्य जमिनमा प्लटिङ रोकेको हो । अहिले देशभरिका सुगमस्थानहरूमा जग्गा प्लटिङ गर्न पाउने व्यवस्था छ । जग्गा प्लटिङका कारण कृषि योग्य जमिन मासिदै गएको र सो कारण कृषि उत्पादन घटेको र ठूलो मूल्यको कृषि वस्तु समेत आयात गर्नु परेकोले कृषि योग्य जमिन खण्डकरण रोक्न प्लटिङ कार्यमा रोक लगाएको देवकोटाले बताए ।

तर, पारिवारिक अंशबन्डा हुँदा भने कृषियोग्य जमिन भए पनि कित्ताकाट गर्न पाइने छ । यो निर्देशिका जारी हुनुभन्दा अगाडि पल्टिङको लागि अनुमति लिएको र ५० प्रतिशत जमिन बिक्री भएकोमा प्लटिङका लागि भने बाधा नहुने देवकोटाले बताए ।

मन्त्रालयले कृषियोग्य जमिनको व्याख्या जग्गा नामजाँच ऐन २०१९ बमोजिम पुनः नामजाँच भएको क्षेत्र जग्गा नामजाँच नियमावली २०५८ को नियम २० अनुसार कृषि क्षेत्र उल्लेख भएका जग्गाहरु र पुनः नामजाँच हुन बाँकी रहेको क्षेत्रमा साविकमा नामजाँच हुँदा फिल्डबुक तथा श्रेस्ता पुर्जामा धनहरतर्फ अब्बल, दोयम, सिम र भिरपाखो तर्फ अब्बल र दोयम कायम रहेको जग्गा सम्झनुपर्ने पर्ने गरी व्यवस्था गरेको छ ।

देवकोटाले वर्षमा एक पटक मात्रै जग्गाको कित्ता काट् गर्न पाउने व्यवस्था गरेको जानकारी दिए।उनका अनुसार प्रयोजनलाई खुकुलो बनाउन वर्षमा एक पटकमा एउटा कित्ता मात्रै काटेर बेच्न दिने निर्णय गरिएको हो।

पाँच रोपनी जग्गा भएको व्यक्तिले वर्षमा एक पटक मात्र कित्ताकाट गरेर जग्गा बेच्न पाइन्छ। पाँच रोपनी बिक्री गर्न एक–एक रोपनी गरेर बेच्न पाँच वर्ष कुर्नुपर्छ भने ४–४ आना गरेर बेच्न २० वर्ष कुर्नुपर्छ। प्लटिङ गरेर एकै वर्षमा सबै जमिन बेच्ने नपाउने उनले बताए।

प्रकाशित मितिः २०७४ साउन २७

वि.सं.२०७४ साउन २७ शुक्रवार १०:०९ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...