काठमाण्डौं। स्टान्डर्ड चार्टर्ड बैंक नेपालले आवासीय घर कर्जाको ब्याजदर साढे सात प्रतिशतबाट झारेर सवा सात प्रतिशतमा ल्याएको छ । बैंकले नयाँ कर्जा लिने वा अरु बैंकबाट आवास कर्जा लिएकाहरुलाई समेत सवा सात प्रतिशत ब्याजमै कर्जा उपलब्ध गराउने भएको हो।
अरु बैंकले पुरानो आवास कर्जाको ब्याज ९ प्रतिशत पुर्याइसकेका छन् भने नयाँलाई १० प्रतिशतभन्दा माथि मात्र दिइरहेका छन् । स्ट्याण्डर्ड चार्टड बैंकको यो स्किम अनुसार अरु बैंकमा रहेको घर कर्जालाई समेत चार्टर्डमा सार्न सकिन्छ।
बैंकले रणनीतिक हिसावले ल्याएको कर्जा योजनामा सेवा शुल्क ०.५ प्रतिशत मात्र लिने जनाएको छ। बैंकले कर्जा लिनेलाई २० हजार रुपैयाँ अनुदान पनि दिने छ। यसका साथै, बैंकले एक बर्षसम्म कर्जाको ब्याज दर परिवर्तन नगर्ने गर्यारेन्टी गर्दै निशुल्क धितो मूल्यांकन गर्ने जनाएको छ।
१९ पुस २०७३, ११।००
वि.सं.२०७३ पुस १९ मंगलवार १०:५५ मा प्रकाशित