back
NMB ad

दर्ता नभएका होमस्टेमा पर्यटक दुर्घटनामा परे भने समस्यै समस्या !

Kumari bank ad

अतिथिदेवो भवः भन्दै परापूर्वदेखि नै नेपालमा होमस्टेको सुरुवात

पछिल्लो अबधिमा मात्रै होमस्टेलाई व्यवस्थित बनाउँदै लगिएको छ । तर नेपालमा परम्परादेखि नै घरमा पाहुना आउने, बस्ने र उनीहरुलाई अतिथिदेवो भवःभन्दै सेवा, सत्कार गर्ने प्रचलन छ । विस्तारै बिदेशीहरु नेपाल घुम्न आउन थाले । नेपालको बारेमा अध्ययन र गतिबिधि सुरु भए । उनीहरुलाई सुरु–सुरुमा राख्ने होटल, रेष्टुरेन्ट थिएनन् । सामान्य घरमा राख्ने, बस्ने, खाने कार्य गरिन्थ्यो । विस्तारै होटेल रेष्टुरेन्ट सुरु भयो ।

पर्यटकलाई गाउँमा बस्नुपर्ने बाध्यता थियो

पर्यटकहरु आउनेक्रममा र पर्यटनको विकासक्रममा यी सबै गतिबिधि अगाडि बढे । पहिले त पर्यटकलाई गाउँमा बस्नुपर्ने बाध्यता थियो । सुरुमा पर्यटकहरुबाट गाउँलेले पैसा लिन पनि मान्दैनथे । पर्यटकले उपहार दिएर जाने गर्दथे । पछि विस्तारै आएका पाहुनालाई बसाउने, खुवाउने र पैसा लिनेक्रम सुरु भए सँगै होमस्टे अबधारणाको विकास भयो ।

स्याङ्जाका क्याप्टेन रुद्रमान गुरुङले सिरुबारीबाट घरबास पर्यटनलाई अगाडि बढाए

२०५४ सालमा भारतीय सेनाबाट रिटायर्ड भएर आएपछि स्याङ्जाका क्याप्टेन रुद्रमान गुरुङले सिरुबारीमा एउटा अभियान चलाए । गुरुङ गाउँमा २०/२५ घरलाई संगठित गरेर बिदेशी पाहुनालाई बोलाउने, गाउँमा पञ्चेबाजा बजाएर स्वागत गर्ने, माला लगाएर स्वागत गर्ने, आफ्नो गाउँमा उत्पादन भएका चिजहरु  खुवाउने र हिमालदेखि सुन्दर गाउँको दृष्य देखाउने कार्यको सुरुवात भयो । उहाँले संस्थागत ढंगले अगाडि बढाए पछि घरबासको सुरुवात भयो ।

घलेगाउँमा सुरु भएको होमस्टेले देशैभर तरङ्ग ल्यायो  

त्यसकै प्रभावमा लमजुङ उत्तरकन्या गाविसका अध्यक्ष प्रेम घलेले घलेगाउँमा सुरु गरेको होमस्टेले देशैभर तरङ्ग ल्यायो । उनले घलेहरुको बस्ती भएको अग्लो स्थानमा होमस्टेको सुरुवात गरे । त्यहाँ पर्याप्त मात्रामा आन्तरिक तथा बाह्य पर्यटक जान सुरु भयो । त्यहाँबाट नजिकै हिमालहरु देख्न सकिने, ग्रामिण परिबेश बुझ्न सकिने भयो । त्यहाँको स्थानीय संस्कृतिलाई नजिकबाट अवलोकन गर्न सकिने, नाचगान र परम्परालाई नजिकबाट देख्न सकिने भएकाले पर्यटकहरु विस्तारै होमस्टेमा जान सुरु गरे ।

पर्यटन वर्ष २०११ ले घरबास पर्यटनलाई जोड दियो

त्यसपछि सरकारले सन् २०११ मा नेपाल पर्यटन वर्ष घोषणा गरेपछि नेपालमा थुप्रै पर्यटक भित्र्याउने र नेपालका होटेल, लज, रिसोर्टहरुले ती सबै पर्यटकलाई धान्न नसक्ने भएपछि पर्यटकलाई गाउँसम्म पुर्याउने र राख्ने लक्ष्य राखियो । गाउँमा घरबासको ब्यवस्था गर्ने, गाउँ पर्यटनको प्रबद्र्धनको निम्ति होमस्टेको सुरुवात गर्ने भन्ने नीति अगाडि सारियो । त्यो अनुसार कार्यबिधि ल्याइयो । २०६७ मा कपनमा पहिलो होमस्टे कार्यशाला गोष्ठि भयो । पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र तारा गाउँ विकास समितिको संयुक्त आयोजनामा देशभरीका होमस्टेकर्मीहरु बोलाईयो । त्यसले संस्थागत ढंगले अगाडि बढाउने प्रयत्न गर्यो ।
२०७० मा पोखरामा तारा गाउँको पहलमा होमस्टेहरुको दोस्रो राष्ट्रिय कार्यशाला सम्पन्न भयो । ग्रामिण पर्यटनका बारेमा व्यापक छलफल भयो । विभिन्न शिर्षकहरुमा कार्यपत्रमार्फत ग्रामिण पर्यटनलाई अगाडि बढाउने, संस्थागत विकास र बजारीकरणबारे छलफल गरियो । होमस्टेसम्बन्धी कार्यबिधिले मात्र हुँदैन व्यवस्थित नियम कानुन बनाएर हामेस्टेलाई कानुनी दायरामा ल्याउनुपर्छ भनेर लाग्यौं ।

होमस्टे एशोसियसनको संस्थापक संयोजक नुवाकोटका श्यामसुन्दर श्रेष्ठ
देशभरिका होमस्टेलाई संस्थागतरुपमा अगाडि बढाउन, नेतृत्व प्रदान गर्न, पहलकदमी गर्न, बजारीकरण गर्न संस्था चाहिन्छ भन्ने भयो । संस्था भएमा मात्र यसको हकहित र अधिकार व्यवसायिक अधिकारको पहल अगाडि बढ्न सक्छ भनेर २०७० सालमा पोखरामा होमस्टे एशोसियसन केन्द्रिय तदर्थ समिति गठन भयो । त्यतिबेला नुवाकोट सामुदायिक होमस्टेका आदरणीय दाजु श्यामसुन्दर श्रेष्ठको संयोजकत्वमा १५ जनाको कार्यसमितिले विभिन्न छलफल, गोष्ठी गरेर बिधान देखि दर्ता गर्ने प्रक्रिया अगाडि बढाएको थियो । यहि प्रक्रियाकैक्रममा संयोजक श्रेष्ठको असामहिक निधनले यस क्षेत्रलाइ ठूलो क्षति पुर्यायो ।

अमलटारी होमस्टेमा भएको पहिलो अधिबेसनपछि नयाँ नेतृत्व
२०७२ सालको फागुनमा नवलपरासीको अमलटारी होमस्टेमा देशभरीका होमस्टेकर्मीहरुको पहिलो साधारणसभा एवं पहिलो अधिबेसन सम्पन्न गर्यौं । यसमा ग्रामिण पर्यटनको बारेमा, होमस्टे(घरबास) पर्यटनका विभिन्न विषयहरुमा छलफल, बहस भयो । म अध्यक्ष सहित २५ जनाको केन्द्रिय समिति बनाईयो ।

Bhim KC
३९ जिल्लामा ८२ वटा सामुदायीक र ९० वटा नीजि होमस्टे दर्ता

गएको बैशाखमा तारा गाउँले होमस्टेहरुको तेस्रो कार्यशाला गोष्ठि बर्दियाको जैविकमार्ग सामुदायिक होमस्टे डल्लामा आयोजना गर्यो । त्यतिबेला देशभर दर्ता भएका सामुदायीक होमस्टे ७५ र नीजि ८० को हाराहारीमा थियो । सामुदायिक होमस्टेमा कम्तिमा ५ युनिट अर्थात ५ घर अनिवार्य हुन्छ । नीजि होमस्टको लागि एउटै घर भए पुग्छ ।  सामुदायिक होमस्टेमा ५ देखि ३५ घरसम्म दर्ता भएका छन् । डल्लामा भएको तेस्रो कार्यशालामा देशभरका ८० प्रतिशत होमस्टेकर्मीहरु आएका थिए । होमस्टेको प्रबद्र्धनमा सहभागी भए । त्यतिबेला ३९ जिल्लामा होमस्टे दर्ता भएका थिए । संस्थाको पछिल्लो डाटा अनुसार नीजि ९० र सामुदायिक ८२ वटा होमस्टे पुगेका छन् । देशका पर्यटन कार्यालय र विभागले दिनदिनै दर्ता गर्ने क्रम बढेको छ ।

गाउँका घरमा चलाईएका होटल, लजलाई होमस्टेको दायरामा ल्याउनुपर्छ

यतिबेला होमस्टे नाम नराखेकालाई दर्ता हुन आग्रह गरिएको छ । गाउँघरमा नबुझेरै भएपनि होटल, रेष्टुरेन्टका नाममा होमस्टेहरु संचालित छन् । घरकै मानिसले आफ्नै घरलाई होटल लज नाम दिएर पाहुनालाई राख्ने काम भईरहेको छ । घरको संस्कृति देखाउने काम भएको छ । त्यस्ता नबुझेर चलाईएका होटल, लज रेष्टुरेन्टलाई पनि होमस्टेको दायरामा ल्याउनुपर्छ । उनीहरुको सेवाअनुसार होटल होईन, घरबास पर्यटन हो भनेर बुझाएका पनि छौं । एउटा नानी कोर्केमा हल्लाएको, दिदीले खाना पकाएको, हजुरबाले दाम्लो बाटेको, तरकारी टिपेर ल्याएको सबै देखिएको यो गतिबिधि होमस्टेकै परिभाषाभित्र पर्छ । यो होटेल होईन तीनीहरुलाई दायरामा ल्याउनुपर्छ राज्यले त्यो पहल गर्नुपर्छ ।

दर्ताको सुबिधा गाविस वा जिविसलाई दिनुपर्छ

देशभरमा ६/७ वटा मात्र पर्यटन कार्यालय छन् । मात्र तिनीहरुमा दर्ता हुने असुबिधालाई हटाउनुपर्छ । यो दर्ता प्रक्रिया गाविस, जिविसलाई दिनुपर्छ । होमस्टे दर्ता गर्न पैसा लाग्दैन । तर दर्ता गर्न टाढा जानुपर्ने भएकाले दर्ता हुन सकिरहेको छैन ।

दर्ता नभएका होमस्टेमा पर्यटक दुर्घटनामा परे भने भोलि समस्यै समस्या आउन सक्छ

दर्ता नभएका होमस्टेमा समस्या पर्यो भने राज्यले नहेर्न सक्छ । पर्यटक दुर्घटनामा पर्यो भने त्यसलाई राज्यले सोहि हिसाबले खोज्छ । दर्ता नभएको होमस्टेमा पर्यटकलाई किन राखियो भनेर समस्याहरु आउनसक्छन् । पर्यटकले पनि यो राज्यको निकायमा छ कि छैन भनेर खोज्ने र सुरक्षा खोज्न सक्छन् । दर्ता प्रक्रिया र राज्यको निकायमा बस्यो भने उनीहरुलाई आवश्यक सेवा सुबिधा र ध्यान पुर्याउने विषयमा पनि जानिन्छ ।

होमस्टेलाई अगाडि नबढाई नेपालको पर्यटन फस्टाउनै सक्दैन

नेपालको सन्दर्भमा ग्रामिण पर्यटनलाई अगाडि नबढाउने हो भने पर्यटनलाई अगाडि बढाउन सम्भव छैन । किनभने हाम्रो देशको ठूलो भूभाग गाउँमा छ । हिमाल, पहाड, तराई सबैतिर ग्रामिण भाग छ । अहिले होमस्टेहरु जति पनि दर्ता छन् ती प्रभावकारी ढंगले अगाडि बढिरहेका छन् । घलेगाउँ जान हप्ता दश दिन अगाडि नै बुक गर्नुपर्छ । होईन भने कोठा पाईन्न । अमलटारी, डल्ला, गाभर भ्यालीमा पनि त्यस्तै छ । मधेसका होमस्टेहरुले राम्रो स्तर कायम गरेका छन् । जसले आफ्नो क्षमता देखाएका छन् उनीहरुले राम्रो आम्दानी गरिरहेका छन् ।

हेर्दै जानुस्, नेपालका हरेक घरलाई होमस्टेमा लैजानुपर्ने अवस्था आउँछ  

ग्रामिण भेगमा ठूला रिसोर्ट खोल्न सकिन्न । अहिलेको ८ लाखसम्म पर्यटक आउँदा त होटेल, रिसोर्टले धान्न सकिरहेका छैनन् भने त्यसको दोब्बर पर्यटक आउने हो भने हेर्दै जानुस् नेपालका हरेक घरलाई होमस्टेमा लैजानुपर्ने अवस्था आउँछ । अर्थतन्त्रको विकासलाई पर्यटनको विकास र छिमेकी पर्यटकलाई आकर्षित गर्नुपर्ने हुन्छ । त्यसो भयो भनेमात्रै यो क्षेत्र र देशको विकास गर्न सकिन्छ ।

(अर्थतन्त्रका लागि हरिशरण न्यौपानेसँग मुगुको राराताल किनारमा गरिएको कुराकानीमा आधारित)

प्रकाशित मितिः २०७३ कार्तिक ७

वि.सं.२०७३ कात्तिक ७ आइतवार १८:११ मा प्रकाशित

You can share this post!

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...