back
NMB ad

के तपाई मौरी पालन गर्ने सोचमा हुनुहुन्छ ? थाहा पाउनुहोस् केही कुरा

Kumari bank ad

काठमाण्डौं । संसारमा पाइने नौ प्रजातीका मौरीमध्ये नेपालमा मात्र चार प्रजातीका मौरी पाइन्छ । नेपालमा हाल १० हजारदेखि १५ हजार जङ्गली (भीर मौरी) को गोला रहेको अनुमान छ । विभिन्न अध्ययन अनुसार तीनदेखि पाँच वर्षभित्रमा भिर मौरीका गोला नासिने अवस्था रहेको हुँदा यसले हिमाल, पहाड र तराई क्षेत्रमा भीर मौरी सङ्कटको आशङ्का रहेको देखिएको छ ।

प्रसिद्ध वैज्ञानिक ‘अल्वर्ट आइस्टाइन’ले आफ्नो लेखमार्फत पृथ्वीबाट मौरी लोप भयो भने त्यसको चार वर्षपछि सम्पूर्ण मानवजगत लोपोन्मुख हुनेछ भनी उल्लेख गरेका थिए ।

नेपालमा २०५२ सालबाट व्यावसायिक रुपमा मौरीपालन सुरु भएको इतिहास छ । मौरीपालन केन्द्रीय सहकारी सङ्घका अध्यक्ष अर्जुनप्रसाद पोखरेलले नेपालमा वार्षिक करिब एक हजार ६०० मेट्रिक टन मह उत्पादन हुने गरेको र वार्षिक दुई अर्बको मह निर्यात हुने गरेको बताएका छन् । यो व्यवसायमा १० हजार युवालाई पूर्ण रोजगारी दिन सकिने उनले जानकारी दिए ।

मौरीपालनबाट करिब ४ हजार घरपरिवार र करिव १० हजार जनसङ्ख्याले प्रत्यक्ष अप्रत्यक्ष रोजगारी पाएको नेपाल मौरीपालन केन्द्रीय सकारी सङ्घले जनाएको छ । सङ्घसंग आबद्ध सदस्यले वार्षिक १ हजार मेट्रिक टन मह उत्पादन गर्ने गरेका छन् ।

सरकरले यस वर्ष मह उत्पादनका लागि देशको ५० जिल्लालाई पकेट क्षेत्र मानेको छ । मौरी घार तथा मौरी व्यवस्थापनका लागि सरकारले चालु आर्थिक वर्षमा २० करोड रूपैयाँ बजेट विनियोजन गरेको कृषि विकास मन्त्रालय, योजना महाशाखाले जनाएको छ ।

नेपाल महमा परनिर्भर छ । भारत, अमेरीका, डेनमार्क र चीनबाट करिव रु ६० करोडको मह आयात भएको मह व्यवसायी धर्मराज श्रेष्ठले बताए ।

नेपालमा मेलीफेरा र केरेना जातको मौरीबाट व्यबसायीक मह उत्पादन कार्य हुदै आएको छ । मेलीफेराका ३५ हजार घार र केरेनाबाट १ लाख २५ हजार गोलोद्धारा मह उत्पादन हन्छ ।

विश्वमा नौँ थरीका मौरीबाट मह उत्पादन गर्न सकिन्छ । त्यस मध्ये नेपालमा मेलीफेरा, केरेना, कठ्यौरी, भिरमौरी र सिनकुश (खागो) जातका मौरीबाट मह उत्पादन हुने गरेका छन् ।

सवैभन्दा महँगो मह भीर मौरीको हो । भीर मौरीबाट उत्पादित मह प्रतिकेजी रु दुई हजार पाँच सय देखि रु तीन हजारमा, केरेनाको मह रु सात सय देखि एक हजार र मेलीफेराको मह चार सय देखि पाँच सय रूपैयाँसम्म विक्री हुदै आएको छ । नेपालमा मेलीफेरा जातको मौरीको व्यबसायीक उत्पादन हुदै आएको छ ।

विश्वमा सवैभन्दा धेरै मह उत्पादन गर्ने देश टर्की हो । त्यसपछि क्रमशः अमेरीका, भारत र चीन पर्दछन् । नेपालमा हाल प्रतिवर्ष २ हजार ५० मेट्रिक टन मह उत्पादन हुने गरेको किट विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार नेपालले प्रतिवर्ष २० हजार मेट्रिक टन मह उत्पादन गर्ने क्षमता राख्दछ ।

नेपाली मह विश्वमा उत्कृष्ठ मानिन्छ । विश्व बजारमा अग्र्यानिक, प्राकृतिक र हर्वलको पहिचान स्थापित गरेको जोन हकको दावी छ । मौरीपालन व्यबसायबाट वातावरणलाई समेत टेवा पुग्ने बताइन्छ । मौरी पालन व्यबसाय वातावरण मैत्री व्यबसाय हो ।

३ पुस २०७३, राससको सहयोमाग, ११।००

वि.सं.२०७३ पुस ३ आइतवार ११:५४ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...