back
NMB ad

निषेधित स्थानमा हर्न बजाउँदै हुनुहुन्छ ? प्रहरीले १७२ लाई कारबाही गर्यो

Kumari bank ad

चितवन। शहरी क्षेत्रमा हर्न निषेधित क्षेत्र घोषणा भइसकेपछि हर्न बजाउने १७२ जनालाई कारबाही गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष पन्तका अनुसार यही भदौ १ गतेदेखि भरतपुर महानगरपालिकाको चक्रपथ क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ ।

सो क्षेत्र घोषणा गरिएसँगै ट्राफिक प्रहरीले एक हजार १५५ जनालाई सम्झाइ बुझाइ पठाएको छ भने ५५७ जनाको प्रेसर हर्न नियन्त्रणमा लिएको छ । सोही क्रममा दुई हजारप्रति प्रचारप्रसारका सामग्री वितरण गरिएको छ ।

काठमाडौ र पोखरापछि चितवनको भरतपुर केन्द्रीय बस टर्मिनल, चौबीसकोठी, नारायणगढ बजार हाइवे, आँपटारी र बाइपास सडक खण्डमा संकटकालीन अवस्थामा बाहेक हर्न निषेध गर्ने निर्णय भएको छ । भित्री सडकमा पनि हर्न निषेधित क्षेत्र घोषणा गरिएको हो ।

चर्को आवाजका कारण स्वास्थ्यमा प्रत्यक्ष असर परेकाले सवारी साधनले हर्न बजाउन नपाउने गरी निर्णय गरिएको हो । निषेधित ठाउँमा हर्न बजाएमा पहिलो पटकलाई पाँच सय रुपैयाँ, दोस्रो पटकलाई एक हजार रुपैयाँ र तेस्रो पटकका लागि एक हजार पाँच रुपैयाँ सय जरिवाना असुल गरिने छ । रासस

प्रकाशित मितिः २०७४ भदौ ११

वि.सं.२०७४ भदौ ११ आइतवार १६:१० मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...