Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, माघ ५ , २०७३  |  
Wednesday, January 18, 2017

अब होटल एशोसियसन नेपाल (हान)ले पाठ्यक्रम बनाउने !

October 26, 2016

hotel-association-of-nepal HAN

काठमाण्डौं । होटेल एशोसियसन नेपाल (हान)ले होटेलमा काम गर्ने कर्मचारीहरुको क्षमता तथा शिप विकासका लागि छोटो अवधिको पाठ्यक्रम बनाउने भएको छ । संघले सोमबार प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी)संग यस विषयमा छलफल समेत गरेको जनाएको छ।

छलफल कार्यक्रममा सीटीईभीटीका निर्देशक तथा इन्स्योर प्रोजेक्टका कार्यक्रम प्रबन्धक महेश भट्टराईले यस्ता किसिमका पाठ्यक्रम निर्माणका लागि सम्बन्धित क्षेत्रमा विशेष दक्षता हासिल हुने बताए। उनले होटल संघ नेपालका सदस्य होटल तथा होटल व्यवस्थापन शैक्षिक संस्थाहरुसँगको सहकार्यमा हुन सके अझै बढी प्रभावकारी हुने बताए।

हानका महासचिव विनायक शाहले क्षमता अभिवृद्धि हुने किसिमका तालिम तथा कार्यक्रमहरु सञ्चालनका लागि सम्बन्धित निकाय तथा संघसंसथाहरुसँग हातेमालो गर्दै होटल क्षेत्रमा दक्ष जनशक्ति उत्पादन हुने बताए।

१० कार्तिक २०७३, १०।००

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु