back
NMB ad

श्रमिकका हकमा सरकारसँग भिड्ने जिफन्ट अध्यक्ष रिमालको चेतावनी !

Kumari bank ad

काठमाडौ । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) का अध्यक्ष विष्णु रिमालले श्रमिकका जायज हक स्थापित गराउन सरकारसँग भिड्ने चेतावनी दिएका छन् । नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेन्ट यूनियन(नेस्वहोमयू)को दशौं राष्ट्रिय अधिबेशनको उद्घाटन गर्दै अध्यक्ष रिमालले भने, “नेस्वहोमयूको दुई दिने सम्मेलनको निष्कर्ष हाम्रो कार्यक्षेत्रमा एकजना श्रम निरिक्षक आफैंले आफ्नै साथीबाट नियुक्त गर्नुस्, यूनियन मैत्री एक÷एक जना राख्नोस् । ती देशभरका श्रमिकलाई हामी तालिम दिन्छौं । जहाँ कानुन र हकसम्बन्धी कुरो तलमाथि परेको छ किटेर आएको उजुरी वा मुद्धाको आधारमा सरकारसँग भिड्ने काम महासंघले गर्छ ।”

३ दिन अगाडि श्रम ऐन २०७४ राष्ट्रपतिबाट लालमोहर लागेको उल्लेख गर्दै उनले अब १ जनालाई मात्रै पनि श्रममा लगाउँदा श्रम ऐन लागु हुने उल्लेख गरे । ऐनले अब प्रत्येक श्रमिकले काम सुरु गरेको दिनदेखि नै संचयकोष र उपदान लगायतका सुबिधाको ग्यारेन्टी गरेको बताए । महिला र पुरुषबीच समान काममा समान ज्यालाको अवसर हुनुपर्ने भन्दै उनले आउटसोर्सिङ कम्पनीहरुले श्रमिकलाई न्यूनत्तम ज्याला अनिवार्य दिनुपर्ने भन्दै यदि त्यसो नभए काम लगाउने कम्पनीले न्यूनत्तम तलब नै उपलब्ध गराउनुपर्ने बताए ।

Bishnu rimal hotel union (1)जेठ १५ मा अनिवार्य बजेट आएजस्तै साउन १ गते श्रमिकको ज्याला पुनराबलोकन हुने

अध्यक्ष रिमालले अब अप्रिल २०१८ बाट न्यूनत्तम ज्यालामा पुनरावलोकन गर्नूपर्ने उल्लेख गर्दै भने, “श्रम ऐनले अहिले प्रत्येक २ वर्ष पुग्नासाथ बैशाख १ गतेबाट न्यूनत्तम ज्यालाको बारेमा बहस थालेर असार मसान्तमा टुङ्ग्याएर साउन १ गतेदेखि लागु गर्नुपर्ने कानुनमा उल्लेख छ । अब किचकिच गर्न पाईन्न । जसरी बजेट जेठ १५ गते अनिवार्य बजेट ल्याउने व्यवस्था गरिएको छ, त्यसैगरी ज्याला पुनरावलोकनको छलफल बैशाख १ गतेबाट सुरु हुन्छ र असार मसान्तमा निर्णयमा पुग्नुपर्छ । नयाँ आर्थिक वर्षको पहिलो दिनबाट नै नयाँ रेटको ज्यालारेट लागु हुन्छ ।”

कार्यक्रममा आईएलओ गभर्निङ बडिका सदस्य बिन्दा पाण्डेले नेपालको मजदुर आन्दोलन तुलनात्मकरुपमा सानो देखिएपनि विश्वमाझ यसको पहिचान भने ठूलो रहेको बताईन् । उनले बिदेशमा जाने एकजना श्रमिकले नेपालको प्रतिनिधित्व गर्ने भन्दै पर्यटनको विकास र विस्तारमा ती मजदूरहरुको महत्वपूर्ण भूमिका रहने उल्लेख गरिन् ।

यस्तै नेस्वहोमयूका अध्यक्ष सूर्य कुँबरले अब होटल मजदुरका सुबिधा रोक्ने र खोस्ने पर्यत्नलाई परास्त एबै यूनियनबीच एकता हुनुपर्ने धारणा राखे । उनले वर्गीय आन्दोलनका लागि सबैले योजनाबद्ध ढंगले सामूहिक लडाई लड्नुपर्ने बताए ।

कार्यक्रममा पर्यटन र होटल क्षेत्रका विभिन्न प्रतिष्ठानलाई सम्मान गरिएको थियो । यस्तै कार्यक्रममा नेस्वहोमयू अन्नपूर्णका श्रमिकले आफ्नो तीजको खर्च कटाएर बचाएको ४० हजार रुपैंया बाढीपिडितका लागि जिफन्टको कोषमा प्रदान गरिएको थियो ।   Hotel (4) Hotel union agm

प्रकाशित मितिः २०७४ भदौ २३

वि.सं.२०७४ भदौ २३ शुक्रवार १७:५३ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...