back
NMB ad

अब दुई लाख ९२ हजार रुपैयाँ लागतमै बनाउन सकिनेछ घर

Kumari bank ad

काठमाण्डौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पप्रतिरोधी घरको ६ वटा नयाँ डिजाइन तयार गरेको छ। भूकम्प प्रभावित जिल्लाका ग्रामीण भेगलाई लक्षित गरी प्राधिकरणले न्यून लागतमा निर्माण गर्न सकिने घरको ६ वटा डिजाइन तयार गरेको हो। सोसाइटी अफ नेपलिज आर्किटेक्चर (सोना)ले ५ ओटा र जापानी अन्र्तराष्ट्रिय सहयोग नियोग (जाइका)ले एउटा घरको डिजाइन बनाउन सहयोग गरेका हुन ।

प्रमुख कार्यकारी अधिकृत प्रा.डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा मंगलवार बसेको प्राधिकरण कार्यकारी समितिको वैठकले नयाँ ६ प्रकारको घरको नमुना डिजाइनलाई स्वीकृती दिने निर्णय गरेको हो । उक्त डिजाइनलाई प्राधिकरण कार्यकारी समितिका सदस्य डा. हरिराम पराजुली संयोजकत्वको मापदण्ड निर्धारण समितिले प्रमाणिकरण गरेपछि लागू हुनेछ ।

प्राधिकरणको सार्वजनिक गरेको नयाँ डिजाइनअनुसार कम्तीमा दुई लाख ९२ हजार रुपैयाँ लागतमा दुई कोठे भवन निर्माण गर्न सकिने प्रवक्ता यमलाल भुसालले जानकारी दिए। ‘कम लागतमा बनाउन सकिने घरको ६ वटा नयाँ डिजाइन मंगलबार प्राधिकरण कार्यकारी समिति बैठकले स्वीकृत गरेको छ,’ भुसालले भने, ‘कार्यकारी सदस्य डा. हरिराम पराजुली संयोजकत्वको मापदण्ड निर्धारण समितिले प्रमाणीकरण गरेपछि यो लागू हुनेछ।’

नयाँ डिजाइनअनुसार ढुंगाको जोडाइ र माटोको गारोका एकतले घर र ढुंगाको गारोमा माटोको जोडाइ तथा सिमेन्टको समेत जोडाइमा भूकम्पप्रतिरोधी घर बनाउन सकिने प्राधिकरणले जनाएको छ। उक्त डिजाइन सार्वजनिक भए भूकम्पमा घर गुमाएका पिडितले किफायती लागतमा धेरै विकल्प मध्ये आफुलाई मन पर्ने डिजाइनमा नयाँ घर बनाउन सक्ने छन् । यो मोडलबाहेकका घर भने तीन लाखभित्र नबन्ने प्राधिकरणका एक अधिकारीले बताए । ‘तीन लाखभित्रै पनि घर बन्छ है भनेर एउटा उदाहरण दिन नयाँ मोडल राखिएको हो,’ प्राधिकरण स्रोतले भन्यो, ‘बाँकी मोडल तीन लाख रुपैयाँमा बन्दैनन्।’

प्राधिकरणले सबै मोडलका घर निर्माणको लागत भने सार्वजनिक गरिसकेको छैन । सरकारले यसअघि १७ ओटा घरको नमुना डिजाइन तयार गरेको थियो । ती डिजाइनमा घर बनाउँदा बढी खर्चिलो र प्राविधिक समस्या पनि परेको गुनासो पीडितले गर्दै आएका छन् ।

डिजाइनलगायत समस्याका कारण पहिलो किस्ता लिएका अधिकांश लाभग्राहीले घर बनाउनसमेत सुरु गरेका छैनन् । यसअघि उपलब्ध गराइएका डिजाइनमा घर बनाउन नसकेका पीडितलाई नयाँ निर्णयबाट राहत पुग्ने प्राधिकरणको विश्वास छ ।

प्राधिकरणले जोखिमयुक्त बस्ती स्थानान्तरणका लागि  आवश्यक जग्गा/घडेरी व्यवस्थापन गर्नेबारे गृहकार्य गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।

प्राधिकरणले यसअघि जोखिमयुक्त बस्तीबाट अन्यत्र बसाइँ सर्न चाहने प्रभावितलाई जग्गा किन्न दुई लाख रुपैयाँ अनुदान उपलब्ध गराउन मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । बैठकले काठमाडौं उपत्यकाका सम्पदा पुनर्निर्माणमा स्थानीय समुदायको चासोलाई सम्बोधन गरी प्रक्रिया अघि बढाउन सम्पदा पुनर्निर्माण उपसमितिलाई निर्देशन दिएको छ।

९ चैत २०७३, सेतोपाटी, ११।००

वि.सं.२०७३ चैत ९ बुधवार ११:०९ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...