back
NMB ad

के तपाई सेयर किन्ने सोचमा हुनुहुन्छ ? एकपटक यो पढ्ने कि ?

Kumari bank ad

सेयर, ऋणपत्र, सामूहिक लगानी योजनाको ईकाईजस्ता धितोपत्रमा लगानी गर्दै हुनुहुन्छ ? यदि त्यसो हो भने तपाईले केही आधारभूत कुराहरु जान्नैपर्ने हुन्छ। अन्यथा तपाईको लगानी जोखिममा रहिरहनेछ। लगानी गर्नुअघि निम्न कुराहरुमा विशेष ध्यान दिनुहोस्।

बजारमा समय समयमा उतारचढाव आइरहने भएकोले धितोपत्रमा लगानी गर्दा उपयुक्त सूचना लिई संयमित तथा विवेकशील भएर मात्र लगानीको निर्णय लिनुहोस्। धितोपत्रमा गरिने लगानीमा प्रतिफल तथा जोखिम दुवै हुने हुँदा हल्ला, अनावश्यक प्रचार प्रसार वा कसैको बहकाउमा नलागी बजार तथा कम्पनीको वास्तविक बस्तुस्थिति बुझेर आफ्नो स्वविवेकमा नै लगानी सम्बन्धी निर्णय गर्नुहोस्।

आफ्नो जोखिम बहन गर्न सक्ने क्षमताको मूल्याकंन समेत गर्नुहोस्। नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकृत धितोपत्रमा लगानी गर्दा सम्बन्धित कम्पनीको कार्य सम्पादन स्थिति, धितोपत्रको मूल्यमा प्रभाव पार्नसक्ने संवेदनशील सूचना जस्तै लाभांश घोषणा, हकप्रद सेयरको घोषणा, व्यवस्थापनमा परिवर्तन, भावी योजनाहरुको बारेमा राम्ररी बुझ्नुहोस्।

कम्पनीको आवधिक र वार्षिक प्रतिवेदनमा उल्लेखित वित्तीय सूचकांकहरु प्रति सेयर आम्दानी, प्रति सेयर लाभांस, मूल्य आम्दानी अनुपात, प्रति सेयर खुद सम्पत्ति, पुँजीकोष अनुपात, निस्क्रिय कर्जा अनुपात आदीको बारेमा जानकारी लिनुहोस्। ति सूचकहरु कति हुनु उपर्युक्त हुन्छ र तपाईले लगानी गर्न चाहेको कम्पनीको सूचक सोअनुसारको छ छैन ? मूल्याङ्कन गर्नुहोस्। धितोपत्रको मूल्य प्रबृत्ति, कम्पनीको साधारण सभाको निर्णय (माइन्यूट) जस्ता महत्वपूर्ण कुराहरुको अध्ययन गर्नुहोस्। यस्ता सूचना तथा गतिविधिहरु निरन्तररुपमा नेप्सेको वेबसाईट, सम्बन्धित कम्पनीको वेबसाइट तथा विभिन्न आर्थिक पत्रपत्रिकाहरुमा प्रकाशित हुने गरेको छ। साथै कम्पनीसँग सम्बन्धित उद्योग÷क्षेत्रको समेत अवस्थाको अध्ययन गर्नुहोस्।

धितोपत्र बजारलाई आधुनिकीकरण गर्ने क्रममा कारोवार, नामसारी तथा राफसाफ पूर्ण अभौतिक अर्थात डिम्याटमा मात्र हुने भएकाले र प्राथमिक बजारमा सार्वजनिक रुपमा निष्काशन गरिने धितोपत्रमा लगानी गर्दा काठमाडौं उपत्यकाभित्र साउनदेखि र अन्य स्थानमा आगामी माघदेखि हितग्राही अर्थात डिम्याट खाता अनिवार्य गरिएको छ। त्यसकारण डिम्याट खाता छैन भने निक्षेप सदस्य अर्थात डिपोजिटरी पार्टिसिपेन्ट अर्थात निक्षेप सदस्यसँग सम्पर्क राखी तोकिएको ढाँचाको ग्राहक परिचय विवरण अनिवार्यरुपमा भरी हितग्राही खाता खोल्नुहोस्।

विभिन्न ब्रोकर तथा मर्चेन्ट बैंकहरुले निक्षेप सदस्यका रुपमा काम गरिरहेका छन्। आफूले खरिद गरेको धितोपत्र समयमै आफ्नो खातामा जम्मा भएरनभएको ध्यान दिनुहोस्। बजारलाई देशको समग्र आर्थिक तथा राजनितिक स्थितिले प्रत्येक्ष प्रभाव पर्ने भएकाले धितोपत्रमा लगानी गर्दा यसप्रति समेत सजग रहनुहोस्। धितोपत्र कारोवार गर्दा रकमको लेनदेन गर्दा बैंकमार्फत मात्र गर्नुहोस्।

करोबार वापत धितोपत्र दलालले लिने शुल्क सम्बन्धमा धितोपत्र व्यवसायी नियमावली हेरी जानकारी राख्नुहोस्। विविधिकरण अर्थात पोर्टफोलियोले लगानीमा हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न सघाउ पु¥याउने हुँदा यसप्रति ध्यान दिनुहोस्। लगानीकर्ताको अधिकार तथा जिम्मेवारी सम्बन्धमा धितोपत्र सम्बन्धी ऐन नियम, कम्पनी ऐन तथा अन्य सम्बन्धित ऐन नियमहरुको साथै नेपाल धितोपत्र वोर्डले गरेका व्यवस्थाहरुबारे जानकारी राख्नुहोस्। धितोपत्र सम्बन्धी ऐन नियमहरु बोर्डको वेबसाइट तथा वोर्डको सम्बन्धित प्रकाशन मार्फत समेत हेर्न सकिन्छ।

प्राथमिक बजारमा सार्वजनिक रुपमा निष्काशन गरिने धितोपत्रमा लगानी गर्दा धितोपत्र निष्काशनकर्ता कम्पनीको आव्हानपत्र, विवरणपत्र अध्ययन गरी कम्पनीको संस्थापक तथा व्यवस्थापन पक्ष, वित्तीय स्थिति (नेट वर्थ, नाफा नोक्सान स्थिति आदि), लगानी योजना, जोखिम पक्ष, क्रेडिट रेटिङ्गको स्तर जस्ता महत्वपूर्ण कुराहरुको विश्लेषण गर्नुहोस्। प्राथमिक बजारमा लगानी गर्नु अघि उक्त धितोपत्र, बोर्डमा दर्ता भए नभएको तथा दोश्रो बजारमा लगानी गर्दा नेप्सेमा सूचीकृत भए नभएको बारेमा जानकारी राख्नुहोस्।

साथै नेपाल स्टक एक्सचेञ्जबाट सूचिकरण खारेजी भएका तथा सूचीकृत नभएका पब्लिक लिमिटेड कम्पनीहरुको धितोपत्रहरु ओटिसीबजारबाट कारोवार गर्न सकिने व्यबस्था भएको हुँदा सोबारे जानकारी राख्नुहोस्। धितोपत्रको दोश्रो बजारमा कारोबार गर्दा बोर्डबाट इजाजत प्राप्त र नेप्सेको सदस्यता लिएको धितोपत्र दलाल व्यवसायी मार्फत मात्र गर्नुहोस्। पुँजीबजार सम्बन्धी नीति, नियम तथा निर्देशनहरुले धितोपत्रको मूल्यमा असर पार्ने भएकाले सुसूचित निर्णयका लागि वोर्ड, नेप्से, नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय तथा बिमा समितिको वेबसाइट हेर्ने गर्नुहोस। धितोपत्रमा लगानी सम्बन्धी कुनै जिज्ञासा वा गुनासाहरु भए सम्बन्धित धितोपत्र व्यवसायी, निष्काशनकर्ता तथा सूचिकृत कम्पनी, सिडिएससी, नेप्से वा बोर्डमा सम्पर्क राख्नुहोस्।

स्रोत : नेपाल धितोपत्र बोर्ड

२३ साउन २०७३, ११।००

वि.सं.२०७३ साउन २३ आइतवार ११:५६ मा प्रकाशित

You can share this post!

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२८

कमलकुमार बस्नेत काठमाडौँ, ६ वैशाखः दिनको पहिलो प्रहर सुरु भइसकेको...

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२३

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा दोहोरो अंकले गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकले गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:१२

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन   

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १४:५६

चौतारा (सिन्धुपाल्चोक), ६ वैशाखः चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी...

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:२९

क्यानबेरा(अष्ट्रेलिया),६ वैशाख : पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी...