back
NMB ad

हाईड्रोको आईपीओ बाँडफाँट भयो,३६ हजारभन्दा बढि आवेदकले पाए १० कित्ता

Kumari bank ad

काठमाडौ । नेपाल हाइड्रो डेभलपरको आइपीओ गोलाप्रथाबाट बाँडफाँट भएको छ । कुल ३६ हजार २७० जना आवेदकले १० कित्ता सेयर हात पारेका छन् । आइपीओमा १ लाख ७१ हजार ५९२ जनाको आवेदन स्वीकृत भएको छ भने १ हजार ९०९ जनाको आवेदन रद्द भएको छ ।

कम्पनीले साउन २७ गतेदेखि ३२ गतेसम्म कुल ३ लाख ९० हजार कित्ता आइपीओ निष्काशन गरेको थियो । यसमध्ये ७ हजार ८०० कित्ता कर्मचारी र १९ हजार ५०० कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याएर बाँकी रहेको ३ लाख ६२ हजार ७०० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो । यो आइपीओमा १ अर्ब ५० करोड रुपैयाँको आवेदन परेको थियो ।

धितोपत्र बोर्डको नयाँ नियम अनुसार सबै आवेदकलाई न्यूनतम १० कित्ता सेयर बाँडफाँट गर्नुपर्ने हुन्छ । आवेदक धेरै भएर सबैलाई १० कित्ता बाँडफाँट गर्न नपुग्ने अवस्थामा मात्र गोलाप्रथाबाट सेयर बाँडफाँट गर्न सकिने अवस्था भएकाले यो आईपीओमा पनि आवेदकको संख्या धेरै भएपछि गोलाप्रथाबाट बाँडफाँट गरिएको हो ।

प्रकाशित मितिः २०७४ भदौ ३०

वि.सं.२०७४ भदौ ३० शुक्रवार १२:३५ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...