काठमाण्डौं । अरुण कावेली पावर लिमिटेडले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको छ। ७ कात्तिकमा निस्कासन हुने सेयर छिटोमा १२ गते नभए २३ गते बिक्री बन्द हुनेछ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेकोछ । कम्पनीको सेयर भर्नका लागि सिद्धार्थ क्यापिटलको कार्यालय, थापाथलीको ट्रेड टावर स्थित अरुण कावेलीको कार्यालय र सिद्धार्थ बैंकका सबै शाखाबाट आवेदन गर्न सकिनेछ।
३० असोज २०७३, ३।००
वि.सं.२०७३ असोज ३० आइतवार १५:३१ मा प्रकाशित