back
NMB ad

कात्तिक पहिलो साता ३० लाख कित्ता आइपिओ खुल्ने, १५ लाखसम्म भर्न मिल्ने !

Kumari bank ad

काठमाण्डौँ । अरुण कावेली पावर लिमिटेडले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको छ। ७ कात्तिकमा निस्कासन हुने सेयर छिटोमा १२ गते नभए २३ गते बिक्री बन्द हुने  निष्कासन तथा बिक्री प्रबन्ध कम्पनी सिद्धार्थ क्यापिटलले जनाएको हो।

कम्पनीले पाँचथर र ताप्लेजुङ जिल्लाको सिमा भएर बग्ने कावेली नदीमा २५ मेगावाटको कावेली बी–१ परियोजना निर्माण गरि रहेको छ। प्रतिमेगावाट १६ करोड रुपैयाँका दरले चार अर्ब रुपैयाँमा निर्माण पुरा गर्ने कम्पनीले जनाएको छ। कुल निस्कासन मध्ये तीन प्रतिशत कर्मचारीका लागि र पाँच प्रतिशत म्युचियल फण्डहरुका लागि आरक्षित गरिएको छ। कर्मचारीले ९० हजार र म्युचुअल फण्डहरुले एक लाख ५० हजार कित्ता सेयर पाउन लागेका हुन्।

आइपिओ बाँडफाँड पश्चात एक एक अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुग्ने कम्पनीमा संस्थापक समुहको ७०, आयोजना प्रभावित बासिन्दाको १० प्रतिशत र सर्वसाधारणको २० प्रतिशत सेयर हुनेछ। प्रबर्धक मध्ये अरुणभ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्वाधिक ३६ लाख कित्ता सेयर लगानी गरेको छ।

कम्पनीको सेयर भर्नका लागि सिद्धार्थ क्यापिटलको कार्यालय, थापाथलीको ट्रेड टावर स्थित अरुण कावेलीको कार्यालय र सिद्धार्थ बैंकका सबै शाखाबाट आवेदन गर्न सकिनेछ।

२१ असोज २०७३, ११।००

वि.सं.२०७३ असोज २१ शुक्रवार १३:१४ मा प्रकाशित

You can share this post!

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...