back
NMB ad

२ हजार ६ सय मेगावाट विजुली उत्पादन हुँदै

Kumari bank ad

काठमाडौ । जनताको पानी जनताकै लागनी भन्ने सरकारी कार्यक्रम आएपछि अहिले देशका बिभिन्न स्थानहरुमा जलविधुत् उत्पादन कार्यले तिव्रता पाएको छ । काठमाडौं उपत्यका सहित देशका बिभिन्न सहरहरुमा लोडसेडिङ अन्त्य भएसँगै देशभर लोडसेडिङ अन्त्य गराउन सरकारले जलविद्युतमा सर्वसाधारणलाई लगानी गर्न प्रोत्साहन गरिरहेको छ । अहिले नेपालभर करिब एक सय ५० को संख्यामा जलविद्युत् आयोजना निर्माणको काम भइरहेको छ ।

अहिले करिब एक सय ५० मध्ये सबैभन्दा बढी आयोजना साविकको मध्यमाञ्चल विकास क्षेत्रमा निर्माण भइरहेका छन् । मध्यमाञ्चलमा अहिले ४९ वटा जलविद्युत निर्माणको कार्य भइरहेको छ । त्यसैगरी साविकको पश्चिमाञ्चल विकास क्षेत्रमा ३९ वटा जलविद्युत आयोजनाको निर्माण भइरहेको छ भने पूर्वाञ्चलमा ३५ वटा जलविद्युत आयोजना निर्माणाधिन अवस्थामा छन् । त्यसबाहेकका मध्यपश्चिमाञ्चलमा छ वटा र सूदुरपश्चिमाञ्चलमा सात वटा जलविद्युत आयोजनाको काम धमाधम भइरहेको छ ।

माथि उल्लेखित मध्ये करिव एक सय आयोजना निर्माणका लागि तीन खर्ब रुपैयाँ बराबरको लगानी भइरहेको छ । औसतमा एक मेगावाट बिजुली उत्पादन गर्न १५ करोड रुपैयाँ खर्च लाग्ने अनुमान छ । गत बर्ष मात्रै सात सय ९४ मेगावाट क्षमताका विद्युत आयोजनाले विद्युत विकास विभागबाट निमार्णको अनुमति पाएका हुन् ।

गत बर्ष अनुमित पाउने आयोजनामा चार सय मेगावाटको तल्लो अरुण ठूलो आयोजना हो । अरुण ब्राजिलको ब्रास इनर्जीसँगको संयुक्त लगानीमा निर्माण भइरहेको छ । चार वटा आयोजना प्राधिकरणले बनाइरहेको छ । जसमा चमेलिया ३० मेगावाट, राहुघाट ३२ मेगावाट, कुलेखानी तेस्रो १४ मेगावाट र माथिल्लो त्रिशुली ३ ए ६० मेगावाट छन् । बाँकी १५ सय ३९ मेगावाट बिजुली निजी क्षेत्र बाट उत्पादन हुनेछ ।

प्रकाशित मितिः २०७४ जेठ ३

वि.सं.२०७४ जेठ ३ बुधवार ११:४३ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...