back
NMB ad

तपाईले जलविद्युतमा लगानी प्रतिबद्धता गर्नुभो ? सरकारले यसरी ओइरर्याउँदैछ देश विदेशबाट लगानी

Kumari bank ad

काठमाण्डौं । सरकारले निजामति कर्मचारीहरुको लगानीमा कर्णाली–७ जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । यसमा प्रारम्भिक सहमति जुटेपछि थप गृहकार्य गर्ने जिम्मा ऊर्जा सचिवलाई दिइएको छ ।

निजामति कर्मचारीहरुको लगानीमा कर्णाली ७ बन्ने भएको हो । यसलाई विद्युत विकास विभाग आफैंले अध्ययन गर्दैछ । करिव २०० मेगावाटको यो आयोजनालाई माथिल्लो कर्णाली जलविद्युत आयोजनाबाट निस्कने पानीको वहावलाई रेगुलेटिङ गर्ने आयोजनाका रुपमा लिइएको छ ।

त्यस्तै, उर्जा मन्त्रालयले दक्षिण कोरियामा रहेका नेपालीहरुको लगानीमा जगदुल्ला जलविद्युत आयोजना निर्माणको योजना अघि सारेको छ । यही प्रस्ताव लिएर उर्जामन्त्री जनार्दन शर्मा आज शुक्रबार कोरिया प्रस्थान गरेका छन् ।

जाजरकोटमा रहेको जगदुल्ला खोलामा बन्ने यो आयोजना ७५ देखि १०० मेगावाट हुने अनुमान छ । आयोजनाको वातावरणीयसहित अध्ययन विद्युत विकास विभाग आफैंले गर्नेछ । विभागका अनुसार अर्को वर्ष अध्ययन थल्ने र लगानी जुटाएर २ वर्षभित्र निर्माण थाल्ने लक्ष्य छ ।

हाल ईपीएस अन्तरगत झण्डै ३५ हजार नेपाली दक्षिण कोरिया पुगेका छन् र, उनीहरुको मासिक औषत आम्दानी मासिक डेढ लाख रुपैयाँ माथि छ । दक्षिण कोरियाबाट बाषिर्क ४३ अर्ब रेमिट्यान्स भित्रिन्छ ।

४ चैत २०७३, १।००

वि.सं.२०७३ चैत ४ शुक्रवार १३:३० मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...