back
NMB ad

७५ मेगावाटको त्रिशुली-गल्छी हाइड्रोको संस्थागत सेयरमा लगानी खुल्ला !

Kumari bank ad

काठमाडौ । अपि पावर कम्पनी लिमिटेडद्धारा प्रबर्धित कम्पनी सिद्धकाली पावर लिमिटेडले ७५ मेगावाट क्षमताको त्रिशुली–गल्छी आयोजनाले विद्युत उत्पादन गर्न उर्जा मन्त्रालयबाट अनुमतिपत्र (लाइसेन्स) पाएको छ ।

सिद्धकालीको विद्युत खरिद गर्न नेपाल विद्युत प्राधिकरणसँग गत जेठमा सम्झौता भएको थियो ।  आयोजनामा अपि पावरले ८० प्रतिशत लगानी गरेको छ । कम्पनीले सर्बसाधारणलाई संस्थापक सेयरमा लगानी गर्न पनि आह्वान गरेको छ ।

सिद्धकाली पावरले नुवाकोट र धादिङ जिल्ला भई बहने त्रिशुली नदीको पानी उपयोग गरी ७५ मेगावाट क्षमताको यो जलविद्युत परियोजना निर्माण गर्ने तयारी गरिरहेको छ । परियोजनामा नुवाकोट जिल्लाको रातमाटे–८ स्थित त्रिशुली नदीमा बाँध बनाएर टनेलमार्फत धादिङको बैरेनीपारी कल्लेरी गाविसमा पानी खसालेर विद्युत गृह निर्माण गर्ने कम्पनीले जनाएको  छ ।

Hydro Trisuli Galchhi

 

Hydro Trisuli Galchhi Propose powerhouseयस आयोजनाबाट उत्पादन हुने विद्युत सरकारले निर्माण गर्ने न्यू मर्स्याँङ्दी–काठमाडौं २२० केभी ट्रान्समिसन लाईनमा जोडेर राष्ट्रिय प्रसारण लाईनमार्फत देशभर आपूर्ति गराईने कम्पनीका संचालक भरत खत्रीले जानकारी दिए । कम्पनीले ४ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको परियोजनाको निर्माणपछि राजधानी शहर काठमाडौं विद्युतको आपूर्ति बढ्न गई लोडसेडिङ न्यून पार्न सहयोग पुग्ने संचालक खत्रीको दाबी रहेको छ ।

त्रिशुली गल्छी जलविद्युत आयोजनाको विस्तृत अध्ययन (डिपीआर) भएपछि गत जेठ १२ गते विद्युत खरिदबिक्री सम्झौता भइसकेको छ । कम्पनीले यसपछि वित्तिय व्यबस्थापन गरी सरकारबाट विद्युत उत्पादन गर्ने अनुमति लिएर आगामी माघभित्र निर्माण कार्य सुरु गर्ने लक्ष्य राखेको संचालक खत्रीले बताए ।

१४ अर्ब ४ करोड ३७ लाखको लागतमा निर्माण सम्पन्न गर्ने अनुमान गरिएको त्रिशुली–गल्छी जलविद्युत परियोजना निर्माणको लागी लाग्ने लगानीमध्ये ९ अर्ब ८३ करोड (७० प्रतिशत) लक्ष्मी बैंकको अगुवाईमा कन्सोर्टियम बनाई लगानी गर्ने निर्णय भएको कम्पनीले जनाएको छ । बाँकी ४ अर्ब २१ करोड ३७ लाख शेयरधनीहरूबाट लगानी जुटाईनेछ । सिद्धकाली पावर लिमिटेडको बहुमत शेयरमा अपि पावर लिमिटेडले लगानी गर्नेछ ।

परियोजना प्रभावित जिल्लाहरू (धादिङ्ग र नुवाकोट)का बासिन्दालाई १० प्रतिशत (४२ करोड १४ लाख) रुपैयाँ बराबरको शेयर छुट्ट्याईएको छ । सर्वसाधारण लगानीकर्ताका लागि १५ प्रतिशत छुट्ट्याइएको संचालक खत्रीले जानकारी दिए ।

परियोजना निर्माणको क्रममा स्थानीय जनता तथा सर्वसाधारणका लागि कम्पनीले संस्थागत लगानीकर्ताका रुपमा लगानी खुल्ला गरेको छ । ईच्छुक लगानीकर्ताले परियोजनाको शेयरमा न्यूनतम १ लाख रुपैयाँदेखि लगानी गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीले थापाथलीस्थित ट्रेड टावरबाट सेयर फर्म वितरण गरिरहेको छ ।

यसअघि अपिले सुदुरपश्चिमको दार्चुलामा ८.५ मेगावाटको नौगाड जलविद्युत आयोजना सम्पन्न गरी विद्युत उत्पादन गरिरहेको छ ।

Hydro Upper Naugadh Darchula

प्रकाशित मितिः २०७३ कार्तिक २१

वि.सं.२०७३ कात्तिक २१ आइतवार १५:५९ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...