काठमाण्डौं । हुण्डार्इ गाडीको नेपालको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ २०१७ ग्राण्ड आर्इ–१० सार्वजनिक गरेको छ। हिजो बिहीबार आयोजित एक कार्यक्रममा मिस नेपाल अश्मी श्रेष्ठले नयाँ फेस लिफ्ट ग्राण्ड आर्इ–१० सार्वजनिक गरेकी हुन् ।
५ सिट क्षमताको यो कार गोल्डेन अरेन्ज, पियोर ह्वाइट, रेड प्यासन, ब्लु, सिल्क सिल्भर र स्टार डस्ट गरी ६ वटा रङ्गमा उपलब्ध छ । ब्याक गार्दा ठोक्किने समस्यालाई मध्यनजर गर्दै यो कारमा सेन्सर र क्यामरा जडान गरिएको छ जसलाई कार भित्र रहेको ७ इन्चको स्क्रिन बाट हेर्न सकिन्छ ।
कम्पनीले ग्राण्ड आर्इ १० म्याग्नाको मूल्य २६ लाख ९६ हजार, म्याग्ना एटीको ३० लाख ५६ हजार, स्पोर्टसको २८ लाख ९६ हजार, स्पोर्टस ओ एटीको ३४ लाख ५६ हजार, स्पोर्टस ओको ३० लाख ५६ हजार र आस्थाको ३२ लाख ५६ हजार रुपैयाँ मूल्य तोकेको छ।
१८ चैत २०७३, १०।००
वि.सं.२०७३ चैत १८ शुक्रवार ११:३३ मा प्रकाशित