back
NMB ad

आइसिसीः पारसको कप्तानीमा नेपाली क्रिकेट टोलीको घोषणा

Kumari bank ad

काठमाडौ। आइसिसी विश्व क्रिकेट लिग च्याम्पियसिपअन्तर्गत केन्याविरुद्धको खेलका लागि १४ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । यही फागुन २८ र ३० गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उक्त खेलका लागि पारस खड्काको कप्तानीमा अन्तिम खेलाडी छनोट भएको हो । यसअघि भारत भ्रमणमा भने १९ खेलाडी समावेश थिए । उपकप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्लले पाएका छन् ।

त्यसैगरी छनोट हुने अन्य खेलाडीमा शरद भेषवाकर, शक्तिप्रसाद गौचन, वसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, महबुब आलम, अरिफ शेख, सुनिल धमला र दीपेन्द्रसिंह ऐरी छन् । वैकल्पिकतर्फ भने राजेश पुलामी मगर, अविनाश कर्ण, भुवन कार्की तथा दिलीपनाथ छन् ।

आइसिसीको एसिया क्षेत्रका लागि क्रिकेट विकास कमिटीका अधिकारी वेन्कटपति राजु(क्रिकेट विकास अधिकृत, आइसिसी–एसिया) मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान खड्का रहेको छनोट समितिले उक्त खेलाडी छनोट गरेको हो ।

प्रकाशित मितिः २०७३ फागुन २२

वि.सं.२०७३ फागुन २२ आइतवार १५:२३ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...