back
NMB ad

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि खेलाडी छानिए

Kumari bank ad

काठमाडौं । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आउँदो महिना युएइसँग हुने खेलका लागि प्रारम्भिक नेपाली टोलीको घोषणा भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीका प्रतिनिधि अमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनौट समितिले २६ जना खेलाडी छनौट गरेको हो ।

मलेसियामा हुने १९ वर्षमुनिको एशिया कप क्रिकेटमा गरेको प्रदर्शनका आधारमा १९ वर्षमुनिका दुई जना खेलाडीलाई पनि प्रारम्भिक टोलीमा थपिने छ । सबै २८ जनालाई प्रशिक्षणमा राखेर अन्तिम टोलीको घोषणा गरिने छ ।

नेपालले मंसिर २० र २२ गते युएईसँग उसैको घरेलु मैदान शेख जियाद स्टेडियम आबुधाबीमा खेल्नेछ । गएको महिना भएको छैटौं चरणको खेलमा हङकङसँग पराजित भएपछि नेपाल डिभिजन दुईमा झरिसकेको छ । ९ अंकसहित नेपाल छैटौं स्थानमा छ भने ६ अंक मात्र बटुलेको युएई पुछारमा छ । युएई र नेपालसँगै नामिबिया पनि डिभिजन दुईमा झरिसकेका छन् ।

छनौट हुने खेलाडीहरुमा पारस खड्का,ज्ञानेन्द्र मल्ल,शरद भेषावकर,वसन्त रेग्मी,सोमपाल कामी,विनोद भण्डारी,सागर पुन,दिपेन्द्रसिंह ऐरी,सन्दिप लामिछाने,मो आरिफ शेख,ललित भण्डारी,सुशन भारी,सुशील कँडेल,नरेश बुढाऐर,शक्ति गौचन, जितेन्द्र मुखिया,मेहबुब आलम,शौरभ खनाल, हसिम अन्सारी,सिद्धान्त लोहनी,दिलिप नाथ,विक्रम सोब, सुनिल धमला,अनिल मण्डल,कुशल भुर्तेल रहेका छन् ।

फाईल फोटो

प्रकाशित मितिः२०७४ कार्तिक २३

वि.सं.२०७४ कात्तिक २३ बिहीवार १५:५२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...