back
NMB ad

आइएलओ सञ्चालक समितिको सहायक सदस्यमा नेपाल निर्वाचित

Kumari bank ad

काठमाडौँ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) सञ्चालक समिति ‘गभर्निङ बडी’को सहायक सदस्यमा नेपाल निर्वाचित भएको छ ।

आइएलओअन्तर्गत मध्यएसियाको उपक्षेत्रीय समूहमा दुई देश मात्रै निर्वाचित हुन पाउने प्रावधान रहेकामा तीन देशको उम्मेदवारी परेपछि सोमबार निर्वाचन भएको थियो ।

स्वीट्जरल्यान्डको जेनेभामा जारी आइएलओ १०६ औँ अन्तर्राष्ट्रिय श्रमिक सम्मेलनमा सदस्यका लागि नेपालसहित बङ्गलादेश र पाकिस्तानले उम्मेदवारी दिएका थिए । निर्वाचनमा बङ्गलादेश र नेपाल विजयी भएको हो ।

नेपालसहित भारत, इरान, बङ्गलादेश, पाकिस्तान, माल्दिभ्स, अफगानिस्तान र श्रीलङ्का मध्य एसियाको उपक्षेत्रीय समूहमा छन् । समितिको सहायक सदस्यमा ६६ सदस्य हुने प्रावधान छ । जसमा सरकारीतर्फबाट २८ देश तथा निजी क्षेत्रतर्फ रोजगारदाता र कामदारबाट १९–१९ जना सदस्य रहने व्यवस्था छ ।

नेपाल सन् १९६६ देखि आइएलओको सदस्य भए पनि हालसम्म आइएलओेको कुनै पदमा सरकारीतर्फबाट सदस्य बनेको थिएन । निजी क्षेत्रतर्फ भने नेपालका विभिन्न ट्रेड युनियनका नेता कामदारको प्रतिनिधित्व गर्दै तीन पटक सहायक सदस्य बनिसकेका छन् ।

नेपालले आइएलओेको सदस्य राष्ट्र बनेको ५० औँ वार्षिकोत्सव मनाइरहेका सन्दर्भमा अहिलेसम्म त्यसको कुनै निकायमा सदस्य नभएकाले यस पटक उम्मेदवारी दिइएको र त्यसमा सफलता हासिल गरिएको श्रम तथा रोजगार मन्त्रालय अन्तर्राष्ट्रिय सम्बन्ध महाशाखाका प्रमुख तथा सहसचिव आभा श्रेष्ठ कर्णले जानकारी दिए ।

आइएलओ सञ्चालक समिति नीतिनिर्माण, बजेट तर्जुमा, नियन्त्रण, कार्यसूची निर्धारण, महाप्रबन्धक नियुक्ति र आइएलओको केन्द्रीय कार्यालयमाथि नियन्त्रण गर्ने निकाय भएकोले यो जितले नेपाललाई धेरै फाईदा पुग्ने कर्णले बताए ।
३० जेठ २०७४

वि.सं.२०७४ जेठ ३० मंगलवार ०७:२० मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...