back
NMB ad

इलामको घरेलु चियाको माग विदेशसम्म

Kumari bank ad

इलाम, २८ असोज । घरेलु उद्योगमार्फत यहाँका किसानले उत्पादन गरेको गुणस्तरीय चियाको माग अन्तर्राष्ट्रियस्तरमा बढ्दै गएको छ ।

अन्तर्राष्ट्रियस्तरमा चियाको माग बढेसँगै घरेलु उद्योगसमेत बढ्दै गएका छन् । यहाँ उत्पादित अर्गानिक चिया अन्य कारखानाको चियाभन्दा महँगो मूल्यमा बिक्री हुने गरेको किसान बताउँछन् । मङ्गलबारेस्थित गुफाथुम्की अर्गानिक टी म्यानुफ्याक्चरका प्रोप्राइटर अम्बरबहादुर राईले आफ्नो उद्योगले हरियो चिया नै प्रतिकिलो दुई सय ५० देखि दुई सय ८० रूपैयाँमा खरिद गर्ने गरेको बताए । जब कि अन्य कारखानामा २० देखि ५० रूपैयाँको बीचमा हरियो चियापत्ती खरिद बिक्री हुन्छ ।

विषादी र रासायनिक मल प्रयोग नभएको अर्गानिक र स्पेसल चिया बनाउन प्रयोग हुने चियाको एक पात एक सुइरोको चिया खरिद गरी हातले प्रशोधन गरेको चिया राजधानी र विदेशमा बिक्री हुने गरेको उद्यमीको भनाइ छ ।

हिमशिखर चिया प्रशोधन उद्योग मङ्गलबारेमा उत्पादित चिया खरिदका लागि रसियाली व्यापारी उद्योगमै आउने गरेका छन् । हातले बनाएको र सानो उद्योगको चिया गुणस्तरीय हुने भएकाले बजारमा माग बढेको छ । स्पेसल चियामा घरेलु उद्योगले गोल्डेन, ग्रिन, ह्वाइट, ब्ल्याक टी आदि बनाउने गरेका छन् ।

यस्तै, कफी स्वादको चिया पनि भर्खरै बजारमा आएको छ । यस्तो तयारी अर्गानिक अर्थोडक्स चियाको मूल्य उद्योगले प्रतिकिलो रु तीन हजार पाँच सयसम्ममा बिक्री गर्ने गरेका छन् । फाकफोकस्थित तीनजुरे चिया कारखानाले पनि विगतदेखि नै अर्गानिक चिया उत्पादन गरिरहेको छ । यहाँको चिया किन्न जर्मनीका व्यापारी टोली कारखानासम्म पुगेको र चियाको गुणस्तर परीक्षणसमेत गरेको कारखानाका होमनाथ तिम्सिनाले बताए ।

“चिया खरिद गर्न जर्मनीबाट व्यापारी टोलीलाई दिन अर्गानिक चिया धमाधम तयार गरिरहेका छौँ”, तिम्सिनाले भने  “यहाँको चिया जर्मनीलगायत अन्य मुलुकसम्म सजिलै निर्यात हुन्छ ।”

विदेशी व्यापारीले यहाँको अर्गानिक चियालाई रु एक हजारदेखि पाँच हजारसम्म मूल्य दिने गरेको किसान तथा उद्योगीले बताएका छन् । चियाका घरेलु उद्योगलाई प्रोत्साहन गर्न सरकारी अनुदान आवश्यक रहेको उनीहरूको माग छ ।

चिया उत्पादनका लागि प्रख्यात इलाममा ८० वटा साना तथा घरेलु उद्योग सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग विकास समितिले जनाएको छ ।

वि.सं.२०७३ असोज २८ शुक्रवार १६:१० मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...