back
NMB ad

आईएमईको स्कुटर मलेसियामा कार्यरत तिलकले जिते

Kumari bank ad

काठमाडौं । रेमिटेन्स सेवाको पर्याय मानिदै आएको नेपालको नं. १ रेमिटेन्स कम्पनी आईएमई लिमिटेडले महान पर्व विजया दशमी–२०७३ लक्षित सेवाग्राहीमुखी प्रवद्र्धनात्मक योजना अन्तर्गत प्रथम हप्ताको भाग्यशाली विजेता घोषित गरेको छ । कन्ट्रोल नम्बर ९०६७९०९८०१७ मा मलेसियाबाट कूल नेपाली रुपैंयाँ ३७,०८१ पठाएका आईएमई सेवाग्राही श्री तिलक बहादुर श्रेष्ठ भाग्याशाली घोषित भएका छन् । प्राप्त पुरस्कार बिजेताले सिफारिस गरेका नेपालमा हुने आफन्तले प्राप्त गर्नसक्ने आइएमईले जनाएको छ । फेसबुक लाईभ मार्फत सार्वजनिक गरिएको उक्त कार्यक्रममा आईएमईका प्रवन्ध निर्देशक हेम राज ढकालको उपस्थिती रहेको थियो ।

यहि आश्विन १, देखि आश्विन ३०, २०७३ सम्म एक महिना गर्न लागिएको “आईएमई हात हुँदैन खाली” योजनामा नेपालका १४७ आईएमई सेन्टर सहित ५२०० भन्दा बढी रेमिटेन्स भुक्तानी काउण्टर तथा साझेदार बैंक तथा वित्तीय संस्थाहरुका देशभरि फैलिएर रहेका विभिन्न शाखाका सेवाग्राही सहभागी हुन सक्नेछन् । यस योजनाबाट श्रम एवं बिभिन्न उद्देश्यले प्रवासमा रहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई आईएमईमार्फत् आफ्नो मिहिनेतको कमाइ सुरक्षित तरिकाले स्वदेशमा पठाइ उपहार पनि प्राप्त गर्ने आइएमइले प्रेस विज्ञप्ति मार्फत जनाकारी दिएको छ ।

यो योजनामा विदेशबाट आईएमई गर्नेको हकमा प्राप्तकर्ताले आईएमई ब्रान्डेड टि (सर्ट, क्याप, टर्च, सपिङ्ग झोला, पेन, स्टेशनरी सेटे आदि निश्चित उपहार पाउने व्यवस्था मिलाईएको छ । निश्चित उपहारका अतिरिक्त दैनिक लक्की ड्र मा विजयी हुने १० जनालाई जनही २ वटाका दरले छ सय चन्द्रागिरि केबलकारको टिकट उपलब्ध गराईनेछ भने साप्ताहिक लक्की ड्र मा विजयी हुनेलाई प्रत्येक हप्ता १ जनाको दरले चार थान यूएम स्कुटर उपहार स्वरूप प्रदान गराईने आइएमइका बजार तथा ब्यापार प्रबद्र्धन प्रमुख डेनियल डि श्रेष्ठल् जानकारी दिए ।

९ असोज २०७३

वि.सं.२०७३ असोज १० सोमवार ०८:२५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...