back
NMB ad

मध्यरातमा यसरी जोडियो ४० मेगावाट बिजुलीःहेर्नुहोस्,कहाँ–कहाँ लोडसेडिङ हुँदैन

Kumari bank ad

काठमाडौ। नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा गएको मध्यरातदेखि थप ४० मेगावाट विद्युत् थप भएको छ । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीकाअनुसार ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट थप विद्युत् आयात गरिएको हो ।

भारतको मुजफ्फरपुर सबस्टेसनमा जडान गरिएको एक सय एमभीएको ट्रान्सफर्मरबाट भारतको विद्युत् व्यापार गर्ने संस्था एनभिभिएमले प्रतियुनिट पाँच रुपैयाँ ६० पैसामा नेपाललाई विद्युत् उपलब्ध गराएको हो । भारतबाट यसअघि ३०० मेगावाटसम्म बिजुली आयात गर्ने गरिएको थियो । यसमा ४० मेगावाट थप भएको छ । मुलुकलाई विद्युत्भार कटौतीमुक्त गर्ने अभियान स्वरुप नै प्राधिकरणले भारतबाट थप विद्युत् आयात गरेको हो ।

प्रवक्ता अधिकारीका अनुसार उक्त अन्तरदेशीय प्रसारण लाइनबाट यसअघि ८० मेगावाट विद्युत् आयात भइरहेको छ भने थप ४० मेगावाट आयात भएपछि १२० मेगावाट पुगेको छ । सोही प्रसारण लाइनबाट आगामी माघ १७ गतेदेखि थप ४० मेगावाट विद्युत् आयात गरिनेछ ।

गत तिहारबाटै काठमाडौँ उपत्यकामा विद्युत्भार काटौती अन्त्य भएको छ भने थप विद्युत्को जोहो गरेर मुलुकलाई नै विद्युत्भार कटौती अन्त्य गर्ने योजनामा सरकार लागिरहेको छ । नदीमा पानीको बहाव घटेर उत्पादन कम भए पनि भारतबाट आयात गरिएको विद्युत्ले सन्तुलन कायम गराउन मद्दत पुग्ने प्राधिकरण भार प्रेषण केन्द्रले जनाएको छ ।

त्यस्तै, कटैया–कुसाह र परावनीपुर–रक्सौलमा १३२ केभी प्रसारण लाइन निर्माण भइरहेकाले त्यो सम्पन्न भएपछि ती प्रसारण लाइनबाट ५०÷५० मेगावाट विद्युत् आयात हुनेछ । प्राधिकरणले काठमाडौँ उपत्यकासहित कास्की, नुवाकोट, धादिङ, रसुवा, गोरखालगायतका जिल्लामा पूर्णरुपमा विद्युत्भार कटौतीमुक्त गरिसकेको जनाएको छ ।

प्रकाशित मितिः २०७३ पुस १७

वि.सं.२०७३ पुस १७ आइतवार १८:२१ मा प्रकाशित

You can share this post!

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४५

काठमाडौँ, १६ चैत : लोकेश बमले उत्कृष्ट ब्याटिङ गरेता पनि...

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४१

काठमाडौँ, १६ चैत : सरकारले विकास आयोजनाका लागि राष्ट्रिय वनको...

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...