back
NMB ad

ठमेलमा खुल्यो रु ५० करोड लगानीको ‘होटल आर्टस् काठमाण्डौं’

Kumari bank ad

काठमाण्डौं । राजधानीको पर्यटकीय केन्द्र ठमेलको चाक्सीवारी मार्गमा ५० करोड लगानीमा बनेको ‘होटल आर्टस् काठमाडौं’ सञ्चालनमा आएको छ ।

कार्गो र गार्मेन्ट व्यवसायमा संलग्न गोरखाका चिरञ्जीवी भट्टले खोलेको ८ तले उक्त होटलमा स्टान्डर्ड, डिलक्स र स्वीट गरी ६० वटा कोठाहरु रहेका छन् । होटलको पहिलो तलामा स्पा एन्ड साउना, ब्यूटिपार्लर, बैंक, सपिङ आर्केड, एटीएम काउन्टर, कफी शप लगायत रहेका छन् । दोस्रो तलामा रिसेप्सन र द आर्टस् क्याफे एन्ड बार रहेको छ । क्याफेमा एकैपटक ६० जनालाई सेवा दिन सकिने होटलका महाप्रबन्धक सिंहले जानकारी दिए ।

भवनको ३ देखि ७ तलासम्म बेड रुमहरु रहेका छन् । आठौं तलामा पार्टी हल रहेको छ । त्यहाँ डेढ सय जनासम्मको ककटेल पार्टी गर्न सकिने होटल व्यवस्थापनले जानकारी दियो ।

होटलमा कर बाहेक स्टान्डर्ड रुमको ७० अमेरिकी डलर, डिलक्स रुमको ८० डलर र प्रिमियम रुमको १०० डलर तोकिएको छ ।

६ फागुन २०७२, ११.००

वि.सं.२०७२ फागुन ६ बिहीवार ११:३७ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...