back
NMB ad

दोषीलाई होईन निर्दाेषलाई मात्र थुन्ने यो कस्तो जेल ?

Kumari bank ad

एजेन्सी–विभिन्न अपराधमा संलग्न व्यक्तिहरुलाई सजाय दिनका लागि जेलमा राख्ने चलन संसारका हरेक देशहरुमा हुन्छ । निर्दोष व्यक्तिलाई कतै पनि जेलभित्र राख्ने गरिदैन ।

तर हाम्रो छिमेकी देश भारतमा एउटा यस्तो जेल छ जहाँ कुनै अपराध नगरेका निर्दोष व्यक्तिहरुलाई राखिन्छ, र उनीहरुबाट यसवापत ‘भाडा’ समेत असुल गरिन्छ ।

यो हो भारतको तेलंगाना राज्यमा रहेको संगारेड्डी जेल । एक बारको जुनीमा जेलको स्वाद चाख्न चाहने जोकोही यहाँ बस्न पाउँछन् । यसका लागि कैदीले प्रत्येक रातको पाँच सय भारु तिर्नुपर्ने हुन्छ ।
यो जेल २ सय २० वर्ष पुरानो हो । अहिले यसलाई एउटा संग्रहालयको रुपमा परिवर्तित गरिएको छ । यसको नाम नै राखिएको छ, ‘फिल द जेल’ । यो जेल ३ एकड जमीनमा फैलिएको छ ।

यो जेलमा बस्न चाहने व्यक्तिले बेलुकी ५ बजे अगावै आइपुग्ननुपर्छ र आफू बस्न चाहेको समयाावधि अनुसार पैसा तिर्नुपर्छ । पैसा तिरिसकेपछि उसलाई जेलभित्र बन्द गरिन्छ । थुनिएको व्यक्तिलाई रातको समयमा कसैले पनि भेट्न पाउँदैन । उनीहरुले अनिवार्यरुपमा जेलकै खाना खानु पर्छ र यहाँभित्रको सरसफाईमा पनि संलग्न हुनुपर्छ । जेलभित्र यातनाको अनुभव लिन चाहनेहरुका लागि त्यो ‘सुविधा’ पनि छ, तर यसका लागि अतिरिक्त पैसा तिर्नुपर्ने हुन्छ । भोलीपल्ट बेलुकी ५ बजे अगाडि उनीहरुलाई जेलबाट बाहिर पठाइन्छ ।

जेल व्यवस्थापनका अनुसार जेलभित्रको जीवन कस्तो हुन्छ भन्ने अनुभव गर्न चाहनेहरुलाई ध्यानमा राखेर यस्तो व्यवस्था गरिएको हो । यो जेलको अवधारणा दिमागमा आउनेवित्तिकै लामो समयदेखि खाली रहेको एउटा पुरानो जेललाई मर्मत गरेर ठीकठाक बनाइएको थियो । अपराध गरेका व्यक्तिहरु भने यहाँ बस्न सक्दैनन् ।

यहाँ प्रत्येक दिन २० देखि ३० जना निर्दोष व्यक्तिहरु थुनिनका लागि आउने गरेको जेल प्रशासनले जनाएको छ । यसरी आउनेहरु प्रायः युवा हुन्छन् । एकै व्यक्ति महिनौंसम्म थुनिएर बसेको पनि उदाहरण छन् ।

प्रकाशित मितिः २०७३ फागुन ७

वि.सं.२०७३ फागुन ७ शनिवार १५:२४ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...