सादाबाद । उत्तर प्रदेशका किसान ज्वालाप्रसादले अहिले एउटा स्किम ल्याएका छन् जुन यसअघि उनले कहिल्यै दिएका थिएनन् । उनी अहिले सित्तैमा आलु बाँडिरहेका छन् । बाध्यता नै छ । सामान्य अवस्था भएको भए उनले खेती गरिरहेको ए ग्रेडको रहरलाग्दा आलुहरू किलोको ११ रूपैयाँमा बिक्री हुनुपर्ने हो । तर अहिले एक रूपैयाँ किलोमा पनि बिकिरहेको छैन ।
भारतमा एक हजार र पाँचसयको नोटमा लागेको बन्देजको असर उत्तर प्रदेशका यी किसानको दैनिकीमा यसरी देखिएको छ कि अहिले किसानहरूको रोजीरोटीमै प्रश्नचिन्ह लाग्ने अवस्था गरी स्थिती बिग्रदै गएको देखिन्छ ।
भारतभरका किसानको अहिलेको अवस्था बुझ्न एक्लो ज्वालाप्रसादको उदाहरण पर्याप्त छ । आलु मात्र होइन उनले काउली र भन्टा पनि यसरी नै सित्तैमा बाँडे ।
मथुराको नजिकैबाट सुरू हुने उत्तर प्रदेशको प्रसिद्ध आलु खेतीको बेल्टमा ज्वालाप्रसाद जस्ता धेरै किसानहरू विकल्पबिहीन भएर सित्तैमा आलु बाँडिरहेका भेटिन्छन् ।
एक महिना अघि भारतमा मोदी सरकारले ५ सय र एक हजारका नोट नचल्ने घोषणा गरेपछि देशभर नोटको संकट छ । यो संकटले किसानहरू दोहोरो मारमा परेका छन् । एक त तरकारी बिक्री नभएर समस्या अर्को अब रोप्नुपर्ने खेतीका लागि बिउबिजन कसरी किन्ने भन्ने चिन्ता ?
मन्डीसम्म पुर्रयाएको आलु किन्ने ग्राहक नै नपापएपछि किसानहरूले बरू खेतबाटै सित्तैमा बाँडिदिने गरेका हुन् । खेतबारीमा किसानले आलु खन्दै सडकमा फाल्दै गरेको दृश्य पनि नौलो रहेन ।
ढुवानी गरेर आलु बेच्न लानु झन् बढी घाटा सावित भएपछि किसानहरूले त्यसरी फाल्नुको कुनै बिकल्प देखेनन्। हेर्दा सामान्य लागेपनि यि परिदृश्यले आम भारतीयको दैनिकीमा लामो समयसम्म असर पारिरहने छ ।
५ पुस २०७३, बिजमाण्डु÷इकोनोमिक टाइम्स, २।४५
वि.सं.२०७३ पुस ५ मंगलवार १४:४३ मा प्रकाशित