back
NMB ad

भारतले बढायो नेपालीले पाउने पेन्सन, करिब २९ हजारदेखि ३ लाख ६० हजारसम्म !

Kumari bank ad

नयाँदिल्ली। भारतमा केन्द्र सरकारले सातौं वेतन आयोगको सिफारिश अनुसार ५० लाख कर्मचारीको तलव तथा ५८ लाख पेन्सनरको पेन्सन बढाएको छ। भारतमा गरिएको तलवको वृद्धिबाट साढे दुई लाख नेपाली लाभान्वित हुनेछन् ।

बुधवार बसेको भारतको क्याविनेट बैठकले आयोगको सिफारिश लागू गर्ने घोषणा गरेको हो। यसले कर्मचारीको तलव २३ प्रतिशत तथा पेन्सनरको पेन्सनमा २४ प्रतिशतले वृद्धि भएको छ।

नेपालमा भारतीय सेनाबाट अवकाश पाएका झण्डै डेढ लाख पेन्सनर छन भने भारतीय सेनामा ५० हजार नेपालीले काम गरिरहेका छन्। नेपालमा भारतले पेन्सनवापत वार्षिक २५ अर्व रुपैयाँभन्दा बढी खर्च गर्दै आएको छ। सन् २०१४/१५ को आर्थिक वर्षमा भारतले नेपालमा २५ अर्व १२ करोड रुपैयाँ बराबरको पेन्सन वितरण गरेको थियो। बढेको पेन्सन २०१६ जनवरी १ देखि नै लागू हुनेछ।

डीएनए एण्डियाका अनुसार, न्युनत्तम १८ हजार, अधिकत्तम दुई लाख २५ हजार तलवको वृद्धिसँगै भारतमा कर्मचारीको न्युनत्तम तलव १८ हजार भारु अर्थात् २८ हजार आठ सय नेपाली रुपैयाँ पुगेको छ। त्यसैगरी सबैभन्दा बढी तलव खाने क्याविनेट सक्रेटरीको तलव दुई लाख २५ हजार भारु अर्थात् तीन लाख ६० हजार नेपाली रुपैयाँ पुगेको छ।

१६ असार २०७३, १२।००

वि.सं.२०७३ असार १६ बिहीवार १२:५० मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...