back
NMB ad

कन्डक्टरकी छोरी यसरी बनिन् रातारात करोडपति !

Kumari bank ad

काठमाण्डौं । रियो ओलम्पिकमा भारतलाई पहिलो पदक दिलाउने साक्षी मलिक रातारात करोडपति बन्न पुगेकी छिन्। साक्षीले बुधबार राती भारतलाई महिला कुस्तीमा कास्य दिलाएकी थिइन्। साक्षीका पिता सुखबीर नयाँ दिल्लीस्थित डिटिसीको बसमा कन्डक्टर छन्।

उनले रियोमा भारतलाई पहिलो पदक दिलाएपछि हरियाणा सरकारले २ करोड ५० लाख भारतीय रुपैयाँ दिने घोषणा गरेको छ। २३ वर्षीया साक्षीले ५८ केजी मुनिको स्पर्धामा रेपचेजको आधारमा भएको खेलमा किर्गिस्तानकी एसनु तिनिभेकोभालाई ८–५ अंकले हराएकी थिइन्। उनी ओलम्पिकमा पदक जित्ने पहिलो भारतीय कुस्तीबाज पनि हुन्।

उनलाई पुरस्कार रकमबाहेक हरियाणा सरकारले घर बनाउन जग्गा र जागिर पनि दिने घोषणा गरेको छ। भारतले रियोमा १२ दिनको प्रतिक्षापछि पहिलो पदक जितेको थियो। उनलाई भारतीय रेल्वेले पनि ५० लाख भारतीय रुपैयाँ दिनेछ। रेल्वेले पहिलेदेखि नै ओलम्पिकमा स्वर्ण जित्नेलाई १ करोड, रजतलाई ७५ र कास्यलाई ५० लाख रुपैयाँको घोषणा गरिसकेको छ।

यस बाहेक जेएसडब्ल्युले १५ लाख र भारतीय ओलम्पिक कमिटी ९आइओसी० ले २० लाख भारतीय रुपैयाँ दिने बताएको छ।

भारतीय सिनेमाका स्टार सलमान खानले पनि उनलाई १ लाख रुपैयाँ दिने बताएका छन्। सन् २०१२ को लन्डन ओलम्पिकमा भारतीय टोलीमा समावेश भएर पहिलो महिला कुस्तीबाजको पहिचान बनाएकी गीता फौगाटको स्थानमा साक्षीले रियोमा भाग लिने मौका पाएकी हुन्। रियो ओलम्पिकका लागि मंगोलियामा भएको छनोट खेलमा कास्य स्पर्धाका लागि गीता म्याटमा उत्रिन मानिनन्। उनले रेफ्रीको निर्णयप्रति औला उठाएकी थिइन्। त्यसैले उनलाई ओलम्पिक खेल्न अयोग्य घोषित गरिएको थियो। यही स्पर्धामा गीतासँगै मंगोलिया गएकी साक्षीले ‘वाइल्ड कार्ड’ मार्फत रियो ओलम्पिकमा मौका पाएकी थिइन्।

साक्षी ओलम्पिकमा पदक जित्ने चौथो भारतीय महिला खेलाडी हुन्। यसअघि सन् २००० को सिड्नी ओलम्पिकमा भारत्तोलनमा कर्णम मल्लेश्वरी, २०१२ लन्डन ओलम्पिकमा बक्सर मेरी कोम र ब्याडमिन्टनकी साइना नेहवालले कास्य जितेका थिए।

कास्य जितेपछि साक्षीले भनिन्( जीतप्रति निश्चिन्त थिएँ। यो भारतीय महिला कुस्तीबाजको लागि ऐतिहासिक मौका हो। मेरो १० वर्षको कडा मेहनतको नतिजा हो।’ भारतले लगातार तेस्रो ओलम्पिकमा रेपेचेजको आधारमा मेडल जितेको हो। सन् २००८ बेइजिङ र २०१२ लन्डन ओलम्पिकमा योगेश्वर दत्तले उनीजस्तै रेपचेज राउन्डमा देशलाई कास्य दिलाएका थिए।

३ भदौ २०७३, ९।००

वि.सं.२०७३ भदौ ३ शुक्रवार १४:४३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...