back
NMB ad

बैशाखमा ३.४ प्रतिशतको मूल्यवृद्धि,८ खर्बको आयात !

Kumari bank ad

काठमाडौं । चालू आर्थिक वर्षको १० महिनामा ३.४ प्रतिशत मूल्य वृद्धि भएको छ । गत चैतमा यस्तो मूल्यवृद्धि ३.८ प्रतिशत रहेको थियो । गत चैतकोभन्दा वैशाखमा वस्तु तथा सेवाको मूल्यमा सामान्य करेक्सन भएको नेपाल राष्ट्र बैंकको देशको वर्तमान आर्थिक तथा वित्तीय परिदृष्यमा उल्लेख गरिएको छ ।

गएको वर्षको वैशाखमा उपभोक्ता मूल्य वृद्धि १० प्रतिशत रहेको थियो । गत वर्षको सोही अवधिको भन्दा यस वर्ष आपूर्ति व्यवस्थामा आएको सुधारसँगै मूल्य वृद्धि ओरालो लागेको हो । समीक्षा अवधिमा खाद्य वस्तुको मूल्यवृद्धि शुन्य दशमलव दुई र गैर खाद्य वस्तुको मूल्य वृद्धि ६प्रतिशत रहेको छ । गएको वषको वैशाखमा खाद्य वस्तुको मूल्य वृद्धि ९.६ प्रतिशत र गैर खाद्य वस्तुको मूल्य वृद्धि १०.४ प्रतिशत रहेको थियो ।

दलहन तथा गेडागुडीको मूल्यवृद्धिमा १३.४, तरकारीमा १३.१ र घ्यू तथा तेलहनमा एक दशमलद नौ प्रतिशतले कमी आएको छ । समीक्षा अवधिमा चिनी तथा चिनीजन्य पदार्थको मूल्यवृद्धि १२.७ प्रतिशत र मदिराजन्य पेय पदार्थको मूल्य १०.७ प्रतिशतले वृद्धि भएको छ ।

क्षेत्रगत आधारमा हेर्दा वैशाखमा काठमाडांैमा सबैभन्दा कम मूल्य वृद्धि भएको छ भने पहाडमा ४ प्रतिशत रहेको छ । हिमालमा यस्तो मूल्यवृद्धि दुई दशमलव आठ प्रतिशत र तराईमा तीन दशमलव ६ प्रतिशत रहेको छ ।

यस्तो वृद्धिदर गत आवको वैशाखमा काठमाडौं उपत्यककामा ११.५ प्रतिशत, तराईमा ८.६ प्रतिशत, हिमालमा९.१ प्रतिशत र पहाडमा ११ प्रसतशत मूल्यबृद्धि रहेको छ ।

नेपाल राष्ट्र बैंकले बैशाखसम्मको देशको आर्थिक अवस्था सार्वजनिक गर्दै निर्यात ६१ अर्ब २ करोड हुँदा आयात ८ खर्ब ८ अर्ब ६८ करोड पुगेको जनाउको छ। जसले गर्दा समग्र ब्यापार घाटा ७ खर्ब ४७ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ।

खासगरी पेट्रोलियम पदार्थ, यातायातका साधन तथा यसको पार्टपुर्जा आयातका कारण समग्र ब्यापार घाटा बढेको हो।

प्रकाशित मितिः २०७४ जेठ २५

वि.सं.२०७४ जेठ २५ बिहीवार १८:५९ मा प्रकाशित

You can share this post!

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...