back
NMB ad

जानी राख्नुस्, बैंक तथा इन्स्योरेन्सले दिने भए २० प्रतिशतभन्दा बढी बोनस सेयर !

Kumari bank ad

काठमाण्डौं । एक इन्स्योरेन्स कम्पनी र एक बैंकले आफ्ना सेयर धनीहरुलाई लाभांश र बोनस सेयरको प्रस्ताव गरेका छन् ।  प्रिमियर इन्स्योरेन्स कम्पनी र प्राइम बैंकले आफ्ना लगानीकर्ताहरुलाई गत वर्षको नाफाबाट यस्तो प्रस्ताव ल्याएका हुन् ।

प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत बर्षको नाफाबाट २१.०५ प्रतिशत लाभांस प्रस्ताव गरेको छ। कम्पनीले यसमध्ये २० प्रतिशत वोनस सेयर दिने भएको हो। कम्पनीले प्रस्ताव गरेको लाभांस नियामक निकाय बिमा समितिबाट स्वीकृत हुन बाँकी छ। कम्पनीले गत आर्थिक बर्ष १८ करोड ५७ लाख रुपैयाँ नाफा गरेको थियो । कम्पनीको अहिले चुक्ता पुँजी ३७ करोड ३७ लाख रुपैयाँ छ।

त्यस्तै,  प्राइम कमर्सियल बैंकले २४.२१ प्रतिशत लाभांस प्रस्ताव गरेको छ। बैंकले २३ प्रतिशत वोनस सेयर प्रस्ताव गरेको हो । बैंकले राष्ट्र बैंकबाट स्वीकृती पाउन बाँकी छ। आगामी साधारणसभाबाट लाभांस पारित भएपछि लगानीकर्ताले लाभांस पाउने छन् । बैंकले गत बर्ष एक अर्ब १२ करोड रुपैयाँ नाफा गरेको छ। अहिले बैंकको चुक्ता पुँजी तीन अर्ब ७० करोड रुपैयाँ छ । २३ प्रतिशत वोनस सेयरपछि पुँजीमा ८५ करोड रुपैयाँ थपिने छ।

१० कार्तिक २०७३, १०।००

वि.सं.२०७३ कात्तिक १० बुधवार ११:१९ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...